• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव डा.चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’

September 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव डा.चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’

हेल्थ टुडे,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पुष्पा चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’ प्रदान गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारकर्मी चिकित्सकका रुपमा उनले नेपालमा मातृमृत्यु र शिशुमृत्यु दर घटाउन उल्लेख्य भूमिका खेलेको भन्दै अमेरिकाको बोस्टनमा आयोजित प्रसूति स्वास्थ्य सम्बन्धी समारोहमा डा. चौधरी सहित विश्वबाट छनौट भएका १० जनालाई ‘ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’ प्रदान गरिएको हो । विभिन्न देशका ३ सय ८० मनोनयन मध्ये १० जनालाई अवार्ड प्रदान गरिएको हो । 

डा. चौधरीले लामो समय स्त्री तथा प्रसूति रोग विज्ञका रुपमा राजधानीको प्रसूति गृहमा काम गरेकी थिइन । उनी प्रसूति गृहको निर्देशक समेत भएकी थिइन । प्रसूति गृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा कार्यरत रहदा डा. चौधरी दक्षिण एशियाली स्त्री तथा प्रसूति रोग विशेषज्ञ महासंघ र अन्तर्राष्ट्रिय स्त्री तथा प्रसूति रोग विशेषज्ञ समाजको सदस्य भएर काम गरेकी थिइन । उनी नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग ) को पनि अध्यक्ष भएकी थिइन । डा. चौधरी गत पुष १२ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिवका रुपमा कार्यरत छिन् ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उर्लाबारीमा पहिलो पटक रक्तसञ्चार सेवा
Next article डाक्टरको मन पनि त दुख्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web