• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव डा.चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’

September 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव डा.चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’

हेल्थ टुडे,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पुष्पा चौधरीलाई अमेरिकामा ‘ ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’ प्रदान गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारकर्मी चिकित्सकका रुपमा उनले नेपालमा मातृमृत्यु र शिशुमृत्यु दर घटाउन उल्लेख्य भूमिका खेलेको भन्दै अमेरिकाको बोस्टनमा आयोजित प्रसूति स्वास्थ्य सम्बन्धी समारोहमा डा. चौधरी सहित विश्वबाट छनौट भएका १० जनालाई ‘ग्लोबल म्याटरनल भिजनरी अवार्ड ’ प्रदान गरिएको हो । विभिन्न देशका ३ सय ८० मनोनयन मध्ये १० जनालाई अवार्ड प्रदान गरिएको हो । 

डा. चौधरीले लामो समय स्त्री तथा प्रसूति रोग विज्ञका रुपमा राजधानीको प्रसूति गृहमा काम गरेकी थिइन । उनी प्रसूति गृहको निर्देशक समेत भएकी थिइन । प्रसूति गृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा कार्यरत रहदा डा. चौधरी दक्षिण एशियाली स्त्री तथा प्रसूति रोग विशेषज्ञ महासंघ र अन्तर्राष्ट्रिय स्त्री तथा प्रसूति रोग विशेषज्ञ समाजको सदस्य भएर काम गरेकी थिइन । उनी नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग ) को पनि अध्यक्ष भएकी थिइन । डा. चौधरी गत पुष १२ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिवका रुपमा कार्यरत छिन् ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उर्लाबारीमा पहिलो पटक रक्तसञ्चार सेवा
Next article डाक्टरको मन पनि त दुख्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132677
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web