हेल्थ टुडे,
काठमाडौं, ११ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामु सचिवको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई दिइएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले डा. प्याकुरेलाई कामु सचिवको जिम्मेवारी दिने निर्णय भएको सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. प्याकुरेल १२ औं तहका एक मात्र प्रमुख विशेषज्ञ हुन । सचिव हुन १२ औं तहको हुनु पर्छ ।
डा. चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि स्वास्थ्य मन्त्रालयमा सचिवका एकमात्र उम्मेदबार डा. प्याकुरेलाई किन सचिवमा नियुत्त नगरेर कामु दिइएको त ? भन्ने प्रश्नमा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी मन्त्री अर्यालले अर्कै व्यक्तिलाई सचिव बनाएर लैजानका लागि डा. प्याकुरेललाई कामु दिइएको बनाइन । स्वास्थ्य मन्त्रालयभन्दा बाहिरको कर्मचारीलाई स्वास्थ्य सचिव बनाउने गृहकार्य भइरहेको उनको संकेत थियो । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी खोसेएकी डा. पुष्पा चौधरीलाई तुरन्त प्रधानमन्त्री कार्यालय हाजिर गराउने बिषयमा पनि मन्त्रीपरिषद्मा चर्चा भएको थियो । डा. चौधरीलाई सरकारले असोज २८ गते सचिवको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । जिम्मेवार विहीन बनाइसकेपछि पनि डा. चौधरी आईतबारसम्म मन्त्रालय गएर फाइल मिलाउनमा व्यस्त थिइन ।
सचिव हुनु अगाडि देखि नै विवादित डा. चौधरीलाई गत पुष १२ गते तत्कालिन स्वास्थ्य सचिव दीपक बोहोराको दवावमा सचिवमा नियुक्त गरिएको थियो । लोक सेवा आयोगको बढुवा समितिले डा. सुशील प्याकुरेल, डा. विनोदमान श्रेष्ठ र डा. चौधरीको नाम सिफारिस गरेकोमा विभिन्न चलचेख गरेर डा. चौधरी सचिव बन्न सफल भएकी थिइन । ३७ वर्ष राजधानी बाहिर बसेर हेल्थ असिस्टेन्ट देखि मेडिकल अधिकृत, जिल्ला जनस्वास्थ्य प्रमुख र क्षेत्रिय निर्देशक भएर नेपालको स्वास्थ्य सेवालाई नजिकबाट बुझेका डा. प्याकुरेललाई आर्थिक चलखेल गरि पाखा लगाइएको थियो ।
Leave a Reply