हेल्थ टुडे,
काठमाडौं, २८ कात्तिक : विश्व मधुमेह दिवसको अवसर पारेर नयाँ बानेश्वरमा रहेको नेपाल डाइवेटिज( थाइराईड) इन्ड्रोक्राइनोलोजी एण्ड फिजिसियन सेन्टरले बुधबार राजधानीका बिभिन्न ८ स्थानमा मधुमेह सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ इन्ड्रोक्राइनोलोजिष्टहरु डा. प्रजय शिखर श्रेष्ठ र डा.अलार्क देवकोटाको नेतृत्वमा ३२ जना स्वयं सेवकहरुको संलग्नतामा सम्पन्न चेतनामूलक सिविरमा १२ सय जनाको ब्लड सुगर जाच गरिएको थियो भने २ हजार चारसय ५१ जनाको उच्च रक्तचाप जाच गरिएको थियो ।
कार्यक्रममा मधुमेहबाट बच्ने तरिका र उपचारका उपायका विषयमा चार हजार भन्दा बढी पप्मलेट वितरण गरिएको सेन्टरले जानकारी दिएको छ । कार्यक्रम राजधानीको अनामनगर, मिनभवन, शान्तिनगर, बबरमहल, शंखमूल चोक, यूएन पार्क, बानेश्वर पिपलबोट लगायतका ८ स्थानमा गरिएको थियो ।
Leave a Reply