• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

January 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

    हेल्थ टुडे,

काठमाडौ :  उत्तरी खोटाङका जाल्पा,बाक्सिला,खार्ताम्छा,ऐसलुखर्क र हलेसीमा १० दिने नि : शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजना तथा स्थानीय सहयोगी संस्था हस्पिटल फर ईर्मजेन्सी केअर एण्ड सर्पाेटको सहयोगमा उक्त बिशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको हो । घुम्ती स्वास्थ्य शिवीरमा छाला,हाडजोर्नी,छाती,बाल लगायतका सामान्य,जेष्ठ नागरिक,दा“त तथा मुख,आ“खा,महिला सम्बन्धी रोग,स्तन क्यान्सर स्क्रिनीङ,भिडियो एक्सरे,आर्युवेद,योग तथा जीवनशैली ब्यवस्थापन र औषधी बितरण सेवा नि ःशुल्क प्रदान गरिएको थियो । शिवीरमा सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाडौं ल्याएर वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम,सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको सिविरका संयोजक दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले बताए । आर्युवेद बिभाग,न्याम्स वीर अस्पताल,शुक्रराज ट्रपीकल अस्पताल,ग्राण्डी अस्पताल र नेपाल आखा अस्पतालका बिशेषज्ञहरु संलग्न उक्त शिवीरबाट ३ हजार बढीले सेवा दिएका छन । पौष २२ देखी ३० गतेसम्म संचालन भएको उक्त शिविरमा २ सय महिलाको म्यामो गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको निर्धक्क हुन सुझाईएको छ । ५ सय ८५ जना बिरामीको दा“त निकालिएको र १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो । १ सय १९ जना आ“खाको बिरामीलाई शल्यक्रिया गर्नका लागी रेर्कड राखिएको छ । त्यसैगरी अन्य जटिल शल्यक्रियाका लागी १ सय ८९ जनाको अभिलेख तयार भएको छ । आर्युवेदिक,होमीयोप्याथिक र एलोप्याथीक गरी १० लाख बढीको नि : शुल्कऔषधी बितरण भएको छ ।

डा. बुढाथोकीको नेतृत्वमा डा. बिश्व दवाडी,डा. साधना आचार्य,डा. सुरक्षा बास्कोटा,डा. सरोज कुमार राय,डा. चा“दनी जयसवाल,डा. मनोज कुमार महत,डा. सुनील तामाङ,आ.स. कल्याण ढुगांना,हे.अ. भुवन पुरी,हेअ दौलत तुलाधर,हेअ अमृतजंग बस्नेत,डेअ धर्मेन्द यादव,नर्स शर्मिला आचार्य,सहयोगीहरु अर्चना केसी, कुसुम श्रेष्ठ,झुमा पोखे्रल,तेजमाया राई,नवीन राई लगायत २५ जना स्वास्थ्यकर्मीहरु काठमाडौवाट तथा स्थानीय प्राथमीक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरु  शिवीरमा संलग्न थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.केसीको जिवन रक्षाका लागि अप्रिय कदम चाल्न सक्ने संघको चेतावनी
Next article सातौ ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो’ चितवनमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web