• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातौ ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो’ चितवनमा हुने

January 22nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातौ ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो’ चितवनमा हुने

हेल्थ टुडे,

काठमाडौं, ८ माघ : हरेक दुई वर्षमा राजधानीको भृकुटीमण्डपमा आयोजना हुदै आइरहेको औषधी, औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याव, मेसिनहरु र स्वास्थ्य संस्थाहरुको प्रदर्शनी ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ ’ यो वर्ष चितवनमा हुने भएको छ । मरणोपरान्त अंगदानको लागि समाजिक अभियान सहित नेपाल औषधि उत्पादक संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन १७ देखि १९ सम्म चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुने छ । मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्ज्वलजंग पाण्डेले एक्स्पोमा स्वदेशी र विदेशी औषधी कम्पनी, उपकरण, ल्याव, प्रविधि र निजी अस्पतालहरु गरि दुई सय वटा स्टल रहने जानकारी दिएका छन् । फर्मा एक्स्पोमा पहिलो पटक निजी क्षेत्रका १० वटा अस्पतालहरुले पनि सहभागिता जनाउने महासचिव पाण्डेले बताए ।

संघका अध्यक्ष दीपक दाहालले नेपालमा ५३ वटा औषधी उद्योगहरुले औषधी उत्पादन गरिरहेको र ३० वटा नयाँ स्थापनाको प्रकृयामा रहेको जानकारी दिदै स्वदेशी औषधि उद्योग र प्रविधिलाई प्रोत्साहन गरि बजारिकरण गर्न एक्स्पो आयोजना गर्न लागिएको बताए । यस वर्ष आयोजना हुने एक्स्पोमा ब्रेन डेथ सम्बन्धी जनचेतना जगाउने अभियान समेतसँगै सञ्चालन गरेर समाजिक उत्तरदायित्व समेत बहन गर्न लागेको दाहालले जानकारी दिए । उनले भने, ‘ ब्रेन डेथ सम्बन्धी कानून बनेपछि ब्रेन डेथ भएका व्यक्तिका परिवारले मरणोपरान्त अंग दान गर्न नमान्ने प्रवृति व्याप्त भएकाले जनचेतना जगाउन संघले यो अभियान पनि सँगै लैजान थालेको हो । ’ नेपालमा वर्षमा करिव ४५ अर्ब रुपैया बराबरको औषधी कारोवार हुने गरेको तथ्यांक प्रस्तुत गर्दै त्यो मध्ये २५ अर्बको औषधी देश बाहिरबाट र २० अर्ब जतिको स्वदेशमा उत्पादन हुने गरेको दाहालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा औषधी व्यवस्था विभागका बरिष्ठ फर्मासिस्ट पानबहादुर क्षेत्रीले औषधी उत्पादनका क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भइरहेकोले त्यस्ता प्रविधिको जानकारी राख्नु र औषधी उत्पादनमा प्रयोग गर्नु आवश्यक रहेकाले एक्स्पो पलदायी हुने विश्वास व्यक्त गरे । एक्स्पोको प्रयोजक प्यासिफिक कमर्सियल कम्पनीका बिजेयेन्द्र श्रेष्ठले युरोग, अमेरिकामा औषधी प्रयोग हुने मेसिन प्रयोग हुने गरेको दावी गर्दै स्वदेशी औषधिको गुणस्तरमा शंका गर्नु नपर्ने बताए । औषधि उत्पादक संघका पूर्व अध्यक्ष शंकर घिमिरेले औषधीमा आत्मनिर्भर बन्न स्वदेशी औषधी उद्योगलाई सरकारले संरक्षण दिनु पर्नेमा जोड दिए ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानव अंग प्रत्यारोपण केन्द्रलाई औषधि उत्पादकको साथ
Next article उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134257
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web