• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धेरै रिसाउने मानिसलाई हृदयघातको जोखिम उच्च

February 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धेरै रिसाउने मानिसलाई हृदयघातको जोखिम उच्च

एजेन्सी,फागुन । हालसालै गरिएको एक अध्ययनले धेरै रिसाउने मानिसलाई हृदयघातको जोखिम उच्च रहने पुष्टि गरेको छ । धेरै रिसालु मानिसहरुलाई हृदयघात, पक्षघात र मुटुसम्बन्धी अन्य समस्याको जोखिम धेरै हुने उक्त अध्ययनले पत्ता लगाएको छ । रिस वा क्रोधले मानिसको निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ । यसले कार्यक्षमता प्रभावित हुन्छ र यसले करियरमा पनि नकारात्मक असर पर्छ । शोधकर्ताहरुका अनुसार क्रोधको कारण मुटुमा गम्भिर असर पर्छ र यसले मानिसको अचानक मृत्यु पनि हुन सक्छ । त्यसैले हामीले आफ्नो रिस र क्रोधलाई काबुमा राखेर संयमित बन्नुपर्छ ।

क्रोधले मुटुको चालमा छिटो परिवर्तन ल्याउँछ र अचानक हृदयघातको कारण पनि बन्न सक्छ भन्ने तथ्य उक्त अध्ययनले पत्ता लगाएको छ । यो जानकारी अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित रिपोर्टमा छ । अध्ययन टिमका प्रमुख येल युनिभर्सिटीका राशेल लेम्पर्टले यस सन्दर्भमा भनेका छन्,‘यो धेरै महत्वपूर्ण शोध हो किनभने बल्ल हामीले रीस वा अन्य मानसिक तनावले मुटुको कार्यप्रणालीमा अचानक घातक परिवर्तन ल्याउँछ भन्ने बुझ्न थालेका छौं ।’

अध्ययनको लागि शोधकर्ताहरुले ६२ यस्ता बिरामीको अध्ययन गरेका थिए जसलाई कोरोनरी आर्टरी रोग थियो वा ती मानिसहरुलाई मानसिक तनावको स्थितीमा परिक्षण गरिएको थियो । राशेल लेम्पर्टले यो विषयमा अझै अध्ययन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । यसैगरी उक्त अध्ययनले मुटुका बिरामीहरुलाई रिस नियन्त्रण गर्ने प्रशिक्षण दिएमा अचानक हुने हृदयघातलाई रोक्न वा कम गर्न सकिने पनि देखाएको छ ।

अध्ययनले अत्यधिक रिसको दुई मुख्य कारण वंशाणुगत वा शारीरिक संचरना हुने जनाएको छ । धेरै बच्चाहरु जन्मेदेखि नै रिसाहा हुन्छन् । मानिसको पारिवारिक पृष्ठभूमीले पनि रिसाहा बनाउन महत्वपूर्ण भूमिका निभाउने अध्ययनबाट पत्ता लागेको छ । कसैको परिवारका सदस्य विकृत मानसिकता, परिस्थितीलाई उल्झाउने र भावनात्मक संवादमा कमजोर भए भने उनीहरु धेरै छिटो क्रोधित हुन्छन् । तर, मानिस रिसाउनुका अन्य विभिन्न कारण पनि हुन सक्छन् ।

रिस मानिसको लागि शत्रु हो भन्ने तथ्य त सर्वविधितै छ । यसकारण रिसलाई कम गर्नुपर्छ । सामान्य रुपमा स्वस्थ खानपान, योगा र राम्रा मानिसहरुसँगको संगतले पनि रिसाउने समस्यालाई कम गर्न सकिन्छ । तर, छिटो रिसाउने समस्याको समाधानका लागि केही फिजियोलोजिकल परिक्षणहरु पनि गरिन्छ । यी शारीरिक परिक्षणले रिसको तिव्रता मापन गर्न सकिन्छ । यस प्रकारको परिक्षणबाट व्यक्ति रिसप्रति कति संवेदनशील छ र उनीहरुले यसलाई कसरी काबुमा राख्न सक्छन् भन्ने थाहा हुन्छ ।

यदि रिस अनियन्त्रित भयो भने यस्तो अवस्थामा मनोवैज्ञानिकको मद्धत लिन आवश्यक छ । मनोवैज्ञानिकहरुले रिस काबुमा राख्ने तरिकाहरु सिकाउँछन् । सामान्य रुपमा मनोवैज्ञानिकले रिसको स्थिती र सीमालाई पत्ता लगाएर सहायता गर्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सररोगीलाई आवश्यक पर्ने झोला स्वदेशमै उत्पादन गर्न माग
Next article थप ५ अस्पताल केन्द्रिय सरकार मातहत (नामसहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web