• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सांसदहरुको माग

February 27th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सांसदहरुको माग

काठमाडौ,१५ फागुन । सांसदहरुले देशैभर स्वास्थ्य बीमा लागु गर्न सरकारसंग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद खगराज अधिकारीले प्रस्तुत गरेको स्वास्थ्य बीमा सम्बन्धि सार्वजनिक महत्वको प्रस्तावमाथी छलफल गर्दै सांसदहरुले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारसंग माग गरेका हुन् । उनीहरुले संविधान प्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारको नीति तथा कार्यक्रम सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । विस २०७० मा तीन जिल्लाबाट कार्यान्वयन सुरु भएको बीमा कार्यक्रम हाल यो कार्यक्रम देशका ३९ जिल्लामा कार्यान्वयनमा रहेको छ । तर बीमा कार्यक्रम लागू भएका जिल्लाका स्वास्थ्य सस्थामा गुणस्तरीय उपकरण, जनशक्ति तथा औषधि सर्वसुलभ नभएको कारण सेवाग्राही वीमितले समस्या भोग्नुपरेको छ ।

सांसदहरुले वीमा कार्यक्रम लागू भएको जिल्लाका वीमितले गुणस्तरीय उपकरण, औषधि तथा स्वास्थ्यकर्मीको अभावमा सेवा पाउन नसकेको भन्दै स्वास्थ्य सस्थाको क्षमता बढाउन समेत माग गरेका छन् । सांसद पुष्पा भूसालले स्वास्थ्य सेवाको पहुँच नपुगेका गरिव र दूर्गम क्षेत्रका जनता बीमा कार्यक्रमबाट लाभान्वित हुने भन्दै स्वास्थ्य सस्थाको क्षमता वढाउन ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले वीमा पहुँच नपुगेका एवम् वीमाको पैसा तिर्न नसकेका जनताको तर्फ ध्यान दिन र मिर्गाैला, क्यान्सर र मुटुका रोगको निः शुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद नवराज सिल्वालले बीमा कार्यक्रमका बारेमा अन्य मुलुकले अपनाएको विधि सिक्न आग्रह गर्दै सरकारले हुनेसित लिने र नहुनेलाई दिने नीति अपनाउनुपर्ने धारणा राख्नुभयो । सांसद प्रेम सुवालले सरकारी सेवामा कार्यरत सबैलाई बीमाका कार्यक्रममा आवद्ध गराउन सुझाव दिनुभयो । सांसद रामबहादुर विष्ट अस्पताल र स्वास्थ्य सस्था छ, जनशक्ति छैनन् ? कसरी बीमा कार्यक्रम प्रभावकारी हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले विपन्न वर्ग ,अति विपन्न वर्ग र आम जनताको बीमा कार्यक्रममा आवद्ध गर्दा ध्यान दिन, त्रिशुली जिल्ला अस्पतालमा तह अनुसार चिकित्सकको व्यवस्था गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले सुदूरपश्चिमका जिल्लामा रहेका स्वास्थ्य सस्थामा दरबन्दि अनुसार चिकित्सकको व्यवस्था सहित, उपरकरण र औषधिमा ध्यान दिन माग गर्नुभयो । सांसदले वृजेशकुमार गुप्ता बीमा कार्यक्रमका लागि सरकारले तोकेका अस्पतालमा चिकित्सक नै नहुने गरेको भन्दै निजी क्षेत्रमा पनि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बीमा सम्बन्धि प्रस्ताव प्रस्तुतकर्ता सांसद खगराज अधिकारीले सवैलाई स्वास्थ्य सेवा पु¥याउन सातै प्रदेशमा पूर्ण क्षमताका अस्पतालहरुको इमरजेन्सी, आसियु, लगायतको प्रबन्ध गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु पर्ने बताउनुभयो । सांसद अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक कानुन, नियम र निर्देशिकाहरु बनाई सम्पूर्ण व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो ।

उक्त प्रस्तावको समर्थक सांसद अन्जना विसंखे र मनकुमारी जिसीले सवै नागरिकको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवा आवश्यकता अनुसार बढाउन स्वास्थय सेवा विस्तार र भएका अस्पतालमा औषधी उपकरणको व्यवस्था हुनु पर्ने बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आर्थिक अभावका कारण सबै स्थानीय तहमा अस्पताल बनाउन समस्याः राज्यमन्त्री डा.यादव
Next article यी हुन् मह सेवन गर्नुका फाइदा

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133996
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web