• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 28th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१२ वर्षकी बालिकाले जन्माइन बच्चा, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१२ वर्षकी बालिकाले जन्माइन बच्चा, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य

हेल्थ टुडे,
बर्दिया,२५ फागुनः बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी छन् ।

स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो । गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ ।

भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पु¥याएको हो ।

एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारणा साँझ बिहानको छाक टार्न समेत धौधौ छ उनीहरुलाई । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ, तर भावना आर्थिक अभावका कारण पौष्टिक आहार खानबाट समेत बञ्चित छिन् ।(अन्नपूर्ण पोष्टबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन तथा प्रजनन् स्वास्थ्य सेवामा ‘ग्लोबल ग्याग रुल ’ को नकारात्मक असर
Next article सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132054
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web