• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी मेडिकल कलेजः४६ दिनपछि ताला खुलेपनि कलेज र अस्पताल सञ्चालन अझै अनिश्चित

March 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी मेडिकल कलेजः४६ दिनपछि ताला खुलेपनि कलेज र अस्पताल सञ्चालन अझै अनिश्चित

हेल्थ टुडे,
पोखरा,३ चैतः सरकारले तोकेभन्दा बढी शुल्क उठाएको विरोधमा मेडिकल कलेजका विद्यार्थीले गण्डकी मेडिकल कलेजमा लगाएको ताला ४६ दिनपछि खोलेका छन् । उच्च अदालत पोखराले कलेज सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खोलिदिएपछि न्याय पाउने विश्वासमा विद्यार्थी आफैले ४६ दिन अघि कलेज र अस्पतालमा लगाएको ताला खोलेका हुन् ।

ताला खुले पनि सञ्चालकहरु फरार रहेकाले कलेज र अस्पताल सञ्चालन भने अनिश्चित छ । विद्यार्थीहरुले भने आफुहरुको आन्दोलन जारी रहेको भन्दै ‘न्यायालयको आदेशलाई सम्मान गर्दै न्याय पाउने विश्वासमा ताला खोलेको जिकिर गरेका छन् । गैरकानुनी शुल्कको विरोध गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीलाई देखाईदिने भन्दै कलेज प्रशासनले धम्की दिँदै आएको आन्दोलनरत विद्यार्थीहरुको दावी छ ।

कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठलगायत फरार छन् भने दोस्रो तहका व्यवस्थापक कलेज र अस्पताल जिम्मा लिएर सञ्चालन गर्न तयार छैनन् । बिहीबार अदालतको आदेश आएपछि शुक्रबारै ताला खोल्न विद्यार्थी तयार भए पनि कलेज प्रशासनसँग सम्पर्क नभएकै कारण धकेलिएको थियो । शनिबार जिल्ला प्रशासनको समन्वयमा ताला खोलिएको थियो ।

विद्यार्थीले अस्पतालको ओपिडीसहित टिकट काउन्टरमा लगाएको ताला खोलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रशासनिक र लजिस्टिक भवनको ताला भने कलेजका तर्फबाट जिम्मा लिने व्यक्ति नभएकाले नखोलिएको विद्यार्थीहरुले जनाएका छन् ।

सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजलाई एमबिबिएसका विद्यार्थीसँग ४२ लाख ४५ हजारभन्दा बढी नउठाउन नियम तोके पनि गण्डकी मेडिकल कलेजले विनारसिद १० देखि १५ लाखसम्म बढी असुलेपछि विरोधमा विद्यार्थी आन्दोलित भएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article युवा चिकित्सक संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन
Next article १८० जना गर्भवती महिलालाई अण्डा वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134281
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web