• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धेरै नेपालीको मृत्यु मुटु रोगबाट हुने गरेको प्रतिवेदन सार्वजनिक

April 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धेरै नेपालीको मृत्यु मुटु रोगबाट हुने गरेको प्रतिवेदन सार्वजनिक

हेल्थ टुडे,
काठमाडौ,२९ चैतः धेरै नेपालीको मृत्यु मुटु रोग (इस्केमिक हर्ट डिजिज) का कारण हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोगमा मुटुको धमनीमा बोसो जम्मा भएर रगतको आपूर्ति रोकिन्छ । मुलुकमा रोगको भारबारे नेपाल स्वास्थ्य अनुसन्धानपरिषले गरेको अध्ययनले यस्तो नतिजा देखाएको हो । २७ वर्षमा नेपालमा देखिएका रोगभारको अवस्थाबारे उल्लेख्य परिवर्तन भएको अध्ययनले औंल्याएको छ । पछिल्लो समय नेपालीका लागि विशेष गरी मुटु रोग र दम अशक्तता मृत्युको प्रमुख कारणका रूपमा देखा परेको छ ।

‘अहिले नेपालीलाई मार्ने नम्बर एक रोग इस्केमिक हर्ट डिजिज हो,’ परिषद्ले बुधबारदेखि राजधानीमा आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको पाँचौं शिखर सम्मेलनमा ‘नेपालमा रोग भार’ बारे अध्ययन प्रस्तुत गर्दै मेघनाथ धिमालले भने,‘दमका रूपमा चिनिने क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) नेपालीलाई मार्ने दोस्रो सबैभन्दा ठूलो रोग हो ।’

इस्केमिक हर्ट डिजिज मुख्य रूपले गलत जीवनशैली, धूमपान, बढी तौल, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, निष्क्रिय जीवनशैली, मधुमेह आदिको परिणाम हो । सन् २०१७ मा नेपालमा भएको कुल मृत्युमध्ये नसर्ने रोगबाट ६६ प्रतिशत र चोटपटकबाट ९ प्रतिशत एवं बाँकी २५ प्रतिशत सरुवा रोग, मातृ नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको थियो ।

सन् २०१७ मै मुलुकमा मृत्युको प्रमुख कारण मुटु रोग १६.४, दम ९.८, झाडापखाला ५.९ र श्वासप्रश्वाससम्बन्धी संक्रमण ५.१ प्रतिशत रहेका छन् ।‘हाल सर्ने रोग घट्दै छ र नसर्ने रोग एवं चोटपटक बढ्दै छ,’ रोग भारबारे तथ्यांक प्रस्तुत गर्दै अच्युतराज पाण्डेले भने,‘मुलुकमा नसर्ने रोगअन्तर्गत ३० प्रतिशत मृत्यु मुटु र रक्तनलीको रोगले गर्दा भएको हो ।’

विशेषज्ञका अनुसार हाल मुलुकमा रक्तचाप बढेर सबैभन्दा बढी मृत्यु भइरहेको छ भने त्यसपछिको कारण धूमपान हो । रोग बढाउने एउटै जोखिमको कारणले विभिन्न रोगलाई सघाइरहेको छ । अध्ययनअनुसार २७ वर्षमा महिलाको औसत आयु ५९ वर्षबाट ७३.३ वर्ष र पुरुषको औसत आयु ५८ वर्षबाट ६८.७ वर्ष पुगेको छ ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तनावलाई कसरी व्यवस्थापन गर्ने ? यस्ता छन् उपाय....
Next article सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134299
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web