• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

तनावलाई कसरी व्यवस्थापन गर्ने ? यस्ता छन् उपाय….

April 12th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तनावलाई कसरी व्यवस्थापन गर्ने ? यस्ता छन् उपाय….

हेल्थ टुडे,
एजेन्सी,चैत । व्यस्त दैनिकीका कारण तनाव प्रायः सबैलाई हुने गरेको छ । पछिल्लो समय मानव स्वास्थ्यका लागि तनाव गम्भीर चुनौतीको रुपमा देखा परेको छ । तनावकै कारण मानिसमा मानोसामाजिकदेखि शारीरिकसम्मका स्वास्थ्य समस्या देखिने गरेका छन् । तनावकै कारण काममा मन नलाग्ने,सम्बन्धमा दरार पर्ने समस्या बढ्दो छ ।

तनाव व्यवस्थापन गर्न नसक्नेहरुमा टाउको दुख्ने, पेट दुख्ने, निन्द्रामा समस्या आउने वा सुत्न समस्या हुने, आलस्य हुने, विभिन्न रोगको संक्रमण बढ्ने, डिप्रेशनको समस्या देखिने हुन्छ । तनाव लिएर बस्नु भन्दा यसलाई व्यवस्थापन गर्न सकेमा अधिकांश समस्या समाधान भएर जाने मनोवैज्ञानिकहरुको सुझाव छ । घरपरिवार, अन्तरसम्बन्ध, कार्यस्थल तथा अरु क्षेत्रमा हुने तनाव व्यवस्थापन गर्न सकिन्छ ।
मनोपरामर्शदाताहरुले तनावलाई व्यवस्थापन अर्थात कम गर्न निम्न उपाय अबलम्बन गर्न सुझाव दिएका छन् ।

१.सक्दो सकारात्मक सोच राख्ने प्रयास गर्ने

२.आक्रोशको साटो आत्मविश्वास बढाउने प्रयास गर्ने

३. केही चिज वा घटनाहरु आफ्नो नियन्त्रणमा नरहेको कुरा स्वीकार गर्ने

४. कुनै घटना वा अवस्थाबाट भाग्ने, डराउने वा निष्क्रिय बस्ने बानी कम गर्ने

५. सन्तुलित खाना खाने, समय व्यवस्थापनबारे सजग रहने

६.आफ्नो भावना, विचार तथा मान्यताहरु जाहेर गर्न

७.नियमित व्यायाम गर्ने

८.मेडिटेशन, व्यायामसहितका रिल्याक्ससेसन टेक्निक्सहरु जान्ने

९. तनाव कम गर्नका लागि रक्सी, ड्रग्स वा बाध्यकारी बन्दै गएका बानीहरु छोड्ने

१०.आफूलाई मन पर्ने कुरालाई हबीको रुपमा विकास गर्ने

११.पर्याप्त आराम गर्ने र सुत्ने समय व्यवस्थापन गर्ने

१२.आफ्नो सीमा तय गर्ने र गर्न नसक्ने वा बढी तनाव दिने कामका लागि‘नो’ भन्ने बानीको विकास गर्ने

१३.आवश्यक परेको अवस्थामा समाजिक सहयोगको खोजी गर्ने

१४.आवश्यक परेमा मनोविमर्शकर्ता, मानसिक स्वास्थ्य कार्यकर्ता वा तनाव व्यवस्थापन गर्न सिकाउनेहरुसँग सम्पर्क गर्ने गर्नु पर्छ ।

१५.आफूलाई मन पर्ने साथीभाइ तथा प्रियजनसँग समय बिताउने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धेरै नेपालीको मृत्यु मुटु रोगबाट हुने गरेको प्रतिवेदन सार्वजनिक
Next article सरकारी चिकित्सकहरुको आन्दोलन दुई दिनभित्र टुङ्गिने सरकारको दावी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133222
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web