• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा

April 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा

हेल्थ टुडे,
काठमाडौ,३० चैतः कर्मचारी समायोजनको विरोधमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक छलफल भएपनि दुवै पक्षले आ–आफ्नो अडानमा कायमै रहँदा समस्या समाधान हुन सकेको छैन् । यसको प्रत्यक्ष मार बिरामीलाई परेको छ ।

सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरूको मागमा सकारात्मक हुन नसक्ने अडान राखेको छ भने आन्दोलनरत चिकित्सकहरुले पूर्वसहमति अनुसार समायोजन सूची नसच्चिएसम्म आन्दोलन जारी रहने अडान कायमै राखेका छन् ।

सबै चिकित्सकलाई संघअन्तर्गत राखेर परिचालन गरिनुपर्ने चिकित्सकको मागमा मन्त्रालयले कर्मचारी संघ, प्रदेश, स्थानीय तह जहाँ गए पनि बढुवामा समस्या नहुने र अध्ययन–अध्यापनमा संघ बराबर अधिकार दिएको सरकारको जिकिर छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सकको सरुवा समस्या प्रादेशिक निजामती ऐनले सम्बोधन गर्ने सरकारको तर्क छ ।

तर, विशेषज्ञ चिकित्सकको हकमा उसले प्राप्त गरेका ज्ञान, सीप, योग्यताअनुसार हुनुपर्नेमा पदस्थापन गर्दा त्यसो नभएकोप्रति चिकित्सकहरूको आपत्ति छ ।  सरकार र चिकित्सकहरुको यो जुँगाको लडाईले बरिब तीन लाख विपन्न नागरिक सेवा लिनबाट वञ्चित भएका छन् । दुर्गमदेखि आएका बिरामी अस्पताल ठप्प हुँदा सेवाविहीन भएका छन् ।

यसैबीच, कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आएका चिकित्सक र सरकारबीचको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार दिनभर भएको वार्ता उपलब्धिपूर्ण भएन् । बुधबार र बिहीबार मध्यरातसम्म अनौपचारीक छलफल गरेको सरकारले शुक्रबारको औपचारिक छलफलमा निस्कर्ष निकाल्न सकेन ।

वार्तामा सहभागि नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वार्ता पुनः शनिबार हुने जानकारी दिए । सरकारसमक्ष वार्ताको नेतृत्व नेपाल चिकित्सक संघले गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग
Next article ज्येष्ठ नागरिक स्वास्थ बीमा अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web