• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालको चरम लापरबाहीः बिरामीलाई निजी अस्पतालमा रेफर

April 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालको चरम लापरबाहीः बिरामीलाई निजी अस्पतालमा रेफर

हेल्थ टुडे,
काठमाडौ,६ बैशाखः सरकारी अस्पतालको चरम लापर्बाहीका कारण अधिकांश मेसिनरी उपकरण थन्किएका छन् । अस्पताल प्रशासनले दीर्घकालीन योजना बनाउन नसक्दा यो स्थिति आएको हो । अस्पताल प्रशासनको यस्तो लापर्बाहीको सीधा असर उपचारका लागि गएका बिरामीले भोग्नु परेको छ ।

सरकारी अस्पतालका उपकरण जीर्ण हुँदा रोग पहिचान र निराकरणका लागि गएका बिरामी सो सेवाका लागि निजी अस्पतालमा रेफर हुनुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको देखिएको छ । तर, सरकारले उपकरण प्रयोगको प्रभावकारिताबारे चासो देखाएको छैन ।

वीर अस्पतालका दुईवटा भेन्टिलेटर एक वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । कान्ति बाल अस्पतालका लागि ४ करोड ५४ लाख रुपैयाँमा खरिद गरिएको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रिँदा मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउनुपरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रहेको रगतसम्बन्धी परीक्षण गर्ने पीसीआर मेसिन उपयोगविहीन अवस्थामा रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गत वर्ष प्राप्त दुईवटा मेसिन सञ्चालन हुन नसक्दा भण्डारमा राखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाउँछ ।

भक्तपुर अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएर सञ्चालनमा नरहेको पाइएको छ । यस्तै, सोही अस्पतालमा रहेको फुल्ली एटोमेटेड एनलाइजर प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ । २१ जेठ २०७५ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएको सो उपकरण प्रयोगविहीन अवस्थामा छ । यस्तै, जनशक्ति अभावका कारण जिल्ला अस्पताल गुल्मीमा एक्सरे, सीओटू सिलिन्डर प्रयोगविहीन छ ।

जिल्ला अस्पताल गुल्मीमा नै ईसीजी माइक्रोस्कोपलगायतका उपकरण मर्मत नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २०७४÷७५ मा खरिद भएको ट्रान्सफर्मर अहिलेसम्म पनि जडान हुन सकेको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दशमलव पाँच टेस्ला एमआरआई मेसिन उपलब्ध भए पनि सञ्चालनमा ल्याइएको छैन । प्रतिष्ठानमा सीटी स्क्यान मेसिन २०७४ भदौबाट बिग्रिए पनि अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।

धौलागिरि अञ्चल अस्पतालमा पनि जनशक्ति अभावका कारण यूएसजी, ईसीजी र इन्डोस्कोपी चालू अवस्थामा छैनन् । राप्ती अञ्चल अस्पतालमा विगतदेखि अर्थोपेडिक तथा आईसीयू उपकरण र एनआईसीयू, सीटी स्क्यान, इन्डोस्कोपी मेसिन रहेकामा व्यवस्थापकीय कमजोरी र दक्ष जनशक्तिको अभाव देखाई सञ्चालनमा नल्याएको पाइएको छ ।

महाकाली अञ्चल अस्पतालमा तीन वर्षअगाडि आईसीयू सञ्चालनका लागि खरिद गरिएका उपकरण सञ्चालन हुन सकेका छैनन् । कोसी अञ्चल अस्पतालमा पीसीआर मेसिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएकामा जनशक्ति अभावको कारण देखाई सञ्चालनमा नल्याएको महालेखापरीक्षकको प्रतिवेदनले देखाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मेसिनरी उपकरण प्रयोग नभएको सन्दर्भमा अनुगमन अघि बढाइने बताए ।(राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्मचारी समायोजनमा स्वास्थ्य सेवाका कर्मचारीको गुनाशै गुनाशो
Next article नेपाल प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web