हेल्थ टुडे,
काठमाडौं, ७ बैसाख : नर्सिङ पेसालाई अझ मर्यादित, जिम्मेवार र गुणस्तरीय बनाउने उद्देश्यले आयोजना गरिएको स्काईफल मिस नेपाल पिस २०१९ (मिस नर्स) को उपाधि ओम हेल्थ क्याम्पसमा अध्ययनरत् रेश्मा प्रसाईले जितेकी छिन् । प्रतियोगिताका २५ जना अन्तिम प्रतिस्पर्धिहरुलाई पछि पार्दै रेश्मा नयाँ मिस नर्स भएकी हुन् । नेक्स्ट् मोडेल्सले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअफको उपाधि रोश्नी शाहले जितेकी छिन भने सेकेण्ड रनर अफ आकृति मानन्धर भएकी छिन । रोश्नी काठमाडौं मेडिकल कलेजमा कार्यरत छिन् भने आकृति गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नर्सिङ अध्ययनरत छिन् ।
उपाधिसँगै मिस नर्सले नगद रु. ५० हजार, फस्ट रनरअफले रु. ३० हजार र सेकेण्ड रनरअफले रु. २० हजार नगद समेत प्राप्त गरेका छन् । उपाधि बिजेताहरुले नेपाल ब्रेष्ट क्यान्सर सोसाइटीको ब्राण्ड एम्बेसडर भएर स्तन क्यान्सरका बिषयमा जनचेतना जगाउने काममा संलग्न हुने अवसर पाउने छन् । प्रतियोगितामा निर्णायक मण्डलको रुपमा डा. सन्ध्या चापागाँई, डा. सुजिता शाक्य, कलाकार कोसिश क्षेत्री, नायिका बेनिशा हमाल र स्काईफल इन्टरनेशनल इजुकेशनल कन्सल्टेन्सीका सिईओ रहेका थिए । प्रतियोगिहरुको प्रतिभा प्रदर्शन, ट्याक वाक, पहिरन, बौद्विक परिक्षण पछि प्रश्न उत्तरको आधारमा उपाधि घोषणा गरिएको हो । मुख्य उपाधि बाहेक प्रतियोगितामा विभिन्न टाइटल अवार्ड पनि प्रदान गरिएको थियो । मिस नेपाल पिस उपाधि बिजेता रेश्मा प्रसाईले मिस ब्युटी वुथ ब्रेनको टाइटल अवार्ड समेत हात पारेकी छिन् । त्यसै गरि मिस पर्सनालिटी श्रृया श्रेष्ठ भएकी छिन् भने मिस मोस्ट चार्मिङ आस्था हमाल, मिस क्याटवाक अदिति डिसी भइन भने बेष्ट नर्सिङ थिम ड्रेसको टाइटल अवार्ड प्रिति सुमनले जितेकी छिन् । सन्ध्या वझाले मोस्ट डिसिप्लेन, रोश्नी शाहले मोस्ट टाइलेन्टेड, नविना महर्जनले सोसियल रिस्पोन्सिवल, आकृति मानन्धरले मिस फोटो जेनिक र सरगम गुरुङले मोस्ट पपुलर टाइटल अवार्ड जितेका छन् ।
सोल्टी होटेलमा आयोजना गरिएको अन्तिम प्रतिस्पर्धात्मक कार्यक्रममा आयोजक नेस्टस् मोडेल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ । नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरुको आत्मसम्मान बढाएर उनीहरुलाई पेसा प्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने उद्देश्यले बिगत ६ वर्षदेखि मिस नेपाल पिस ( मिस नर्स ) प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक नेक्स्ट मोडेल्सका सिईओ रवि धमलाले बताए । प्रतियोगिताको मुख्य प्रायोजक स्काईफल इन्टरनेशनल इजुकेशनल कन्सल्टेन्सी , सहआयोजकमा मिन्ट इन्टरनेशनल कलेज र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन रहेका थियो भने अफिसियल मिडियामा हेल्थ टुडे, अफिसियल डिजाइनरमा अकिार्ट र अफिसियल फोटोग्राफीमा क्याप्चर रहेको थियो ।
Leave a Reply