हेल्थ टुडे,
एजेन्सी,साउनः संगीतलाई यसै पनि धेरै रोगको उपचारमा रामवाणका रूपमा लिइन्छ । मुटुको स्वास्थ्यका लागि पनि यो उत्तिकै प्रभावकारी हुन्छ । आफूलाई मन परेको धुन वा गीत सुत्नुभन्दा अगाडि सुन्ने व्यक्तिहरूको मुटु निकै निरोगी हुने रहेछ । यो कुरा भारतीय अनुसन्धाताहरूले बताएका हुन् र उनीहरूको अनुसन्धान‘युरोपियन सोसाइटी अफ कार्डियोलजी कांग्रेस, २०१८’ मा प्रस्तुत गरिएको थियो । उक्त अध्ययन अनुसार, सुत्नुभन्दा अगाडि अझ योग संगीत सुन्नु भनेको राम्रो म्युजिकथेरापी हो । यसो गर्दा मुटुको चालमा सकारात्मक प्रभाव पर्ने गर्छ ।
पेनकिलरले हार्ट अटयाकको जोखिम
सामान्यतः उपयोग गरिने पेनकिलरका कारण हार्ट अटयाक र स्ट्रोकको जोखिम बढन सक्ने दाबी हालैको एउटा अध्ययनले गरेको छ ।‘बीएमजे’ मा प्रकाशित उक्त अनुसन्धान अनुसार, पीडा हटाउन खाइने औषधिमा हुने डाइक्लोफेनेक निकै हानिकारक हुन्छ ।
डेनमार्कको आरहुस विश्वविद्यालय अस्पतालका अनुसन्धाताहरूका अनुसार, डाइक्लोफेनाकको हानिबारे जानकारी दिन यसको प्याकेटमा सम्भावित जोखिमबारे उल्लेख हुनु अत्यावश्यक छ । पेनकिलरका रूपमा बरु पारासिटामोल वा अन्य दुखाइनाशक औषधि उपयोग गर्नु राम्रो हुने उनीहरूले सुझाएका छन् ।
डाइक्लोफेनाक दुखाइ र सुन्नाइको उपचारका लागि परम्परागत ‘नन–स्टेरोइड एन्टि–इन्फ्लामेन्टरी’ औषधि हो ।
Leave a Reply