हेल्थ टुडे,
धरान,२१ साउनः तीन महिनाअघि धरानमा देखिएको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन् । हालसम्म झण्डै ४ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । साउन महिनामात्रै करिब ७ सय २० जना डेंगु संक्रमित बिरामी थपिएका छन् ।
धरानका प्रत्येक घरमा डेंगुका बिरामी भेटिनेक्रम रोकिएको छैन । कतिपय घरमा ७ जनासम्म संक्रमित भेटिएका छन् । स्थानीय निजी प्रयोगशालामा डेंगुको परीक्षण गराउँदा डेंगु संक्रमित धेरै मानिसहरू अस्पताल नगइ घरमै बसेको कारणले धरानमा अझ धेरै संक्रमित हुन सक्ने बताइएको छ ।
एउटै सहरमा ४ हजार जना संक्रमित भएपछि प्रदेशसभाले धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
Leave a Reply