• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग

August 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग

हेल्थ टुडे,
चितवन,२१ साउनः अस्पतालमा विरामीको अत्यधिक चाप बढ्न थालेपछि त्यस अनुसारको पूर्वाधार नहुँदा उपचारमा समस्या भएको भरतपुर अस्पतालले जनाएको छ । उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको भईरहेको छ । सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ ।

गतवर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको भरतपुर अस्पतालले रु २४ करोड बराबरको बजेट निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको छ । मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएको तिवारीले जानकारी दिए । यस्तै, अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्वे गरेर दरबन्दी थप गरिदिन पनि मन्त्रालयसंग माग गरिएको छ ।

भरतपुर अस्पतालमा अल्ट्रासाउण्ड दुई थान, पूर्ण डिजिटल एक्सरे एक थान, शिशु सघन उपचार कक्ष र सघन उपचार कक्षमा दुई÷दुई वटा भेन्टिलेटर थप गर्न माग गरिएको छ । यस्तै, सुत्केरी र आकस्मिक कक्ष छुट्टै बनाउन बजेट प्रस्ताव गरिएको छ । चिकित्सकका लागि हाल भएको आवास जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि प्रस्ताव पेश गरेको छ । यस्तै एक महीनादेखि १४ वर्ष सम्मका बालबालिकाको उपचार गर्ने शिशु सघन उपचार कक्ष र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला निर्माणका लागि बजेट माग गरिएको छ ।

भरतपुर अस्पतालमा भएका चिकित्सकहरुले दैनिक ८० देखि एक सय जना बिरामी हेर्नु परिरहेको छ । बिरामीको चाप हेर्दा हालको दरबन्दी भन्दा दोब्बर चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिन्छ । अहिले अस्पतालमा ७७ जना विशेषज्ञ चिकित्सक र ३१ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।

अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । दैनिक ४० जना हाराहारी बच्चा भरतपुर अस्पतालमा जन्मने गर्दछन् । जसको २५ प्रतिशत भन्दा बढीलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ । विसं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल केन्द्रीय बनेसँगै ५०० श्ययाको अनुमति पाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै
Next article धरानमा डेंगुको संक्रमणः हालसम्म ४ हजार जना संक्रमित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133176
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web