• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

August 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

हेल्थ टुडे,
काठमाडौ,१८ साउनः स्वास्थ्यमा समस्या देखिएपछि विशेषज्ञ चिकित्सकको राय लिन र स्वास्थ्यको ‘फलो अप’ परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सााझ सिंगापुर जाँदैछन् । नियमित औषधि सेवनसँगै अनिदो बस्न नहुने, न्युनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझाव वेवास्ता गरेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएको हो ।

एकसाता अघि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहोन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोठा खाली नभएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँच गर्न सिंगापुर जान लागेका हुन । प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंहले अहिले विशेषज्ञ डाक्टरको राय लिन प्रधानमन्त्री ओली सिंगापुर जान लागेको जानकारी दिईन् ।

उनका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । ओलीको सुगरको मात्रा तलमाथि हुने गरेको चिकित्सकले बताएका छन् । यसअघि बैंककमा भएको स्वास्थ्य परीक्षणमा उनको मिर्गौलाको अवस्था सामान्य रहेको बताइए पनि दाहिने हात सुन्निएपछि छालाको बायोस्पी गरिएको र त्यसमा देखा परेका समस्याहरुको उपचार गरिएको थियो ।

कडा औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको झण्डै १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको ‘बलुन डाइलेसन’ पछि उपचार भएको थियो । प्रधानमन्त्री ओलीले सेवन गरिरहेका कतिपय औषधिले थकान कम गर्ने, शक्ति दिने र वान्ता हुनबाट बचाउने गरेको उनको स्वास्थ्यको निगरानी गरिरहेका चिकित्सकले दावी गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै
Next article बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131663
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web