• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

August 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक दशकमा म्याग्नसको फड्को, ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै

हेल्थ टुडे,

काठमाडौं : स्वदेशी औषधि उद्योगमा छुट्टै पहिचान बनाउन सफल म्याग्नस फर्माले एक दशकको यात्रा पार गरेको छ । १० र्औ बार्षिकोत्सवको अवसरमा बुधबार रानधानीमा आयोजित कार्यक्रममा फर्माले हरेक वर्ष उल्लेखनिय प्रगति गर्दै नेपाली औषधि बजारमा आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सकेको दाबी गरेको छ । एक दशकको अवधिमा कम्पनीले अत्याधुनिक उपकरणमार्फत ८६ भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको  जनाएको छ ।

यीमध्ये पाँचथरी औषधि नेपालमै पहिलोपटक उत्पादन गरिएको हो। म्याग्नसले उत्पादन गरेका १० थरी औषधि ब्रान्ड लिडरको रूपमा बजारमा स्थापित भएको कम्पनीको दाबी छ ।  सन २००७ मा कम्पनी स्थापना गरी त्यसको दुई वर्षपछि औषधि उत्पादन शुरु गरेको कम्पनीले आफ्नो उत्पादन क्षमतालाई अन्तर्रा्ष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्नेगरी विकास गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक प्रेम कुमार जाटियाले बताए। उनले विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधि उत्पादन प्रकृया पूरा गरेको पनि जानकारी दिए। ‘हामीले संख्या भन्दा पनि औषधिको गुणस्तरलाई ध्यानमा राख्दै आएका छौँ’, उनले भने, ‘कम्पनीलाई १० वर्षमा ‘टप टेन’ मा पार्न कर्मचारीको ठूलो हात छ। २३ जनाबाट शुरु गरिएको कम्पनीमा हाल दुई सय ५० कर्मचारी कार्यरत छन्।

कार्यक्रममा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले औषधि उद्योगमध्ये म्याग्नसले छोटो समयमा नै आफूलाई स्थापित गरेको बताए। ‘उद्योग भनेका राष्ट्रका सम्पत्ति हुन्’, उनले भने, ‘यिनीहरूलाई कसरी संरक्षण गर्ने भन्ने नीति ल्याउन जरुरी छ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै
Next article सुमेरुमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web