• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. बास्कोटाको नाममा बि एण्ड बिमा खुल्यो आर्थोस्कोपी सेन्टर

August 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. बास्कोटाको नाममा बि एण्ड बिमा खुल्यो आर्थोस्कोपी सेन्टर

हेल्थ टुडे,

ललितपुर, १ भदौ  : ख्याती प्राप्त वरिष्ठ हाडजोर्नी बिशेषज्ञ एवं बि एण्ड बि अस्पतालका सस्थापक प्रा.डा. अशोककुमार बास्कोटाको नाममा बि एण्ड बि अस्पताल ग्वार्कोमा एकेबी सेन्टर फर आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रिजेनेरेटिभ मेडिसिन सेन्टर स्थापना गरिएको छ । अस्पतालको चौथो तलामा स्थापना गरिएको सेन्टरको आईतबार एक समारोहबिच बि एण्ड बि अस्पतालका संस्थापकद्वय डा. बास्कोटा र वरिष्ठ युरोलोजिस्ट प्रा. डा. जगदीशलाल वैद्यले रिबन काटेर उद्घाटन गरेका हुन । यस सेन्टरको प्रमुख उद्देश्य आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रिजेनेरेटिभ मेडिसिनमा अत्याधुनिक सेवा प्रदान गर्ने रहेको अस्पतालले जनाएको छ । उक्त सेवा प्रदान गर्नका लागि छुट्टै चिकित्सकहरुको समूह बनाई सेवा प्रदान गर्ने योजना अन्तरगत डा. इश्वर प्रधान, डा. अमित जोशी, डा. नागमणी सिंह तथा डा. बिबेक बाशुकलाको समूहले सेवा प्रदान गर्ने छ ।

आर्थोस्कोपी भनेको शरीरको कुनै पनि जोर्नीमा सानो प्वाल पारेर त्यस प्वालको माध्यमबाट दुर्बिन छिराई जोर्नीको जाच तथा उपचार गर्ने प्रविधि हो । डा. जोशीका अनुसार नेपालमा कुम र घुडाको आर्थोस्कोपी बिस्तारै बढ्दै गएको भए पनि कुहिनो, नाडी, तिघ्राको जार्नी र गोलीगाठो जोर्नीको आर्थोस्कोपी भने औलामा गन्न सकिने ठाउँमा मात्र भइरहेको छ । नेपालमा हालसम्म सानासाना जोर्नी र मांशपेसीहरुको आर्थोस्कोपीको सुविधा नभएकाले सेन्टरले भविश्यमा यी भागहरुको पनि आर्थोस्कोपी गर्ने योजना गरेको डा. जोशीले जानकारी दिए । आमजनमानसमा स्पोर्ट्स इन्जुरी भन्नाले खेलकुदसम्बन्धि चोटपटक मात्र भन्ने धारणा रहेकोछ । तर बिगत ५ बर्षको अनुभव तथा यस बिएण्डबि अस्पतालमा गरेको अध्ययन अनुसार अस्पतालमा आउने बिरामीहरुमध्ये धेरैजसोलाई खेल बाहेक अन्य कारण लेलिगामेन्टहरुमा चोटलागेको पाइएकोछ । दुर्घटनामा परि, हात खुट्टा मर्केर, दैनिक ब्यायामको समयमा चोट लागेर जोर्नी अस्वाभाविक रुपमा ठाउंबाट सर्दा लिगामेन्टमा समस्या देखिनेहरुको संख्या उल्लेखनीय रहेको एक अध्ययनमा पाइएकोछ ।

बिरामीहरुको सहजताको लागि बिएण्डबि अस्पताल अन्तर्गत यस सेन्टरमा विशेषज्ञ तथाअनुभवी चिकित्सकहरुको समूह बनाई एउटै छाना मुनि सबैजोर्नी तथा मांशपेशीहरुको रोगको निदान गर्ने यस सेन्टरको मुख्य ध्येय रहेको प्रा. डा.बाँस्कोटाले बताए । भविष्यमा यस केन्द्रलाई सर्वशुलभ तथा समयसापेक्ष आधुनिकीकरण गराउदै लैजाने जानकारी प्रा. डा. बास्कोटाले दिए ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा पनि देखियो डेंगुको संक्रमण
Next article स्वास्थ्यका कर्मचारी समायोजनले पूर्णता पाउन अझै समय लाग्ने,७ हजारले मात्र बुझे समायोजनपत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133272
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web