• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबीबीएस प्रवेश परीक्षामा अन्सारी र मण्डलले ल्याए सर्वोत्कृट अंक

September 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबीबीएस प्रवेश परीक्षामा अन्सारी र मण्डलले ल्याए सर्वोत्कृट अंक

हेल्थ टुडे,
काठमाडौ,७ असोजः त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले यही असोज ३ गते र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले सोमबार चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका हुन् ।

प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वोत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन्। यसैगरी, काठमाडौँ विश्वविद्यालयतर्फ देवनारायण साहले ८८ प्राप्ताङ्क ल्याएका छन् ।

चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७ सय ५६ जना उत्तीर्ण भएका छन् । त्रिविअन्तर्गतका कजेजमा चार हजार २ सय ६९ र काठमाडौँ विश्वविद्यालयअन्तर्गत चार हजार ४ सय ८७ विद्यार्थी उत्तीर्ण भएका छन्। दुवै विश्वविद्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो। ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्छ ।

यसैबीच,त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बिडिएस, नर्सिङ लगायतका विषयको पनि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बिडिएसको प्रवेश परीक्षामा मोरङका विशाल बस्नेतले सर्वोत्कृष्ट ९२ अंक ल्याएका छन् ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो। एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क निर्धारण भएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काउन्सिलमा नर्सको नामदर्ता प्रमाणपत्र परीक्षा कात्तिक ३० गते तय
Next article सुर्तीजन्य पदार्थ विरुद्घको एसिया प्यासिफिक सम्मेलन इन्डोनेसियाको बोगोरमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web