• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

November 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

हेल्थ टुडे,
भक्तपुर,१३ मंसिरः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पतालको दुवाकोट परियोजनालाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । यसअघि प्राविधिकहरुले अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निस्कर्ष निकालेको भन्दै तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परियोजना स्थगित गरेका थिए ।
तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत आइतबार बसेको मन्त्रालय स्तरीय विकास समाधान समिति बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र वीर अस्पतालका अधिकारीहरुलाई मन्त्री दुवाकोट परियोजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा मन्त्री ढकालले भनेः‘यो राष्ट्रिय गौरवको आयोजना हो । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठ केन्द्रको रुपमा विस्तार गर्न सरकारले यो जग्गा छुट्टयाएको हो । त्यसैले यसमा नअल्मलिकन तत्काल परियोजनाको काम अघि बढाउनुसन् ।’
बैठकमा स्वास्थ्य सचिव खगराज बरालले पनि भौगोलिक बनावट अनुसार डिजाइन गर्न सकिने भन्दै परियोजना रोक्न नहुने धारणा राखेका छन् । सरकारले चार वर्षअघि वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर १ हजार ५ सय शैय्याको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने निर्णय गरेको थियो ।
कुल ५० अर्व लागतमा निर्माण गरिने सो अस्पतालका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । दुवाकोटको उक्त परियोजनाका लागि सरकारले चालु आर्थिक बर्षको बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । गत वर्ष सोही परियोजनाका लागि १५ करोड छुट्याएपनि काम अघि नबढ्दा बजेट फ्रिज भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने
Next article जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132236
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web