• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

December 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

हेल्थ टुडे,
काठमाडौं, १७ मंसिर : बुढानिलकण्ठमा महिलाहरुकालागि स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर सुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाको आयोजना तथा प्रिभेन्ट क्यान्सर नेपालको प्राविधिक सहयोगमा उक्त सिविर मंगलबारदेखि सुरु भएको हो । बुढानिलकण्ठ स्वास्थ्य चौकीबाट सुरु भएको सिविर नगरपालिकाका बिभिन्न ६ स्थानमा संचालन भएर मंसिर २७ गते सम्पन्न हुने छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले मंगलबार बुढानिलकण्ठ स्वास्थ्य चौकीबाट उक्त सिविरको सुभारम्भ गरेका हुन । सिविर सुभारम्भका अवसरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उपचारको पहूचभन्दा बाहिर रहेका नगरवासीलाई उपचार सेवा र जनचेतना जगाउन सिविर सञ्चालन गरिएको बताए । ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाका लागि निशुल्क सिविर आयोजना गरिएको हो ।

क्यान्सर लाग्नु भन्दा पहिले नै परिक्षण गरेर थाहा पाउन सके स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सकिने र उपचारले पूर्ण रुपमा निको गर्न सकिने भएकाले नगरपालिकाको सहकार्यमा परिक्षण सिविर आयोजना गरिएको प्रिभेन्ट क्यान्सर नेपालका निर्देशक डा. गजानन्द भण्डारीले बताए । सिविरमा ‘फस्ट ब्रेष्ट इक्जाम’ नामक आधुनिक उपकरणका माध्यमबाट स्तन क्यान्सरको परिक्षण भइरहेको डा. भण्डारीले जानकारी दिए । डा. भण्डारीका अनुसार यो उपकरणको माध्यमबाट परिक्षण गर्दा स्तनमा रहेको ३ एमएमसम्मको गाठो समेत पत्ता लाग्ने गर्छ । ५ वर्ष अगाडि नै क्यान्सर हुने खतरा देखाइदिने भएकाले यसको प्रचलन बढ्दो छ । पहिले स्तन क्यान्सरको परिक्षण मेमोग्रामका माध्यमबाट गरिन्थ्यो ।
बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य साखा प्रमुख कुमारप्रसाद दाहालले अपांग दिवसको अवसर पारेर परिक्षण सिविरको सभारम्भ गरिएको र यसबाट हजारौ महिला लाभान्वित हुने बताए । नगरपालिकाले यो अभियान सफल बनाउन एकसय २१ ज्ना महिला स्वास्थ्य स्वयं सेविकालाई परिचालन गरेको छ । उनीहरुले परिक्षण सिविरमा चेक जाच गराउन आउने महिलालाई सहज बनाउनेछन । सिविरमा क्यान्सर विशेषज्ञ, चिकित्सक सहित नर्सहरुको टोलीले परिक्षण गरिरहेको नगरपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिमल डेन्टल केयरको नवौं वार्षिकोत्सब
Next article मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web