• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.सन्दुक रुइतलाई दुई लाख रासीको सम्मान

December 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.सन्दुक रुइतलाई दुई लाख रासीको सम्मान

हेल्थ टुडे,
काडमाडौं, ८ पुस: प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दुई लाख रासीको हेमबहादुर मल्ल सम्मान प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघ र साल्ट टेडिङ कर्पोरेसनको संयुक्त साझेदारीमा स्थापना गरिएको २०७४ का लागि हेम बहादुर मल्ल सम्मान डा. रुइतलाई प्रदान गर्ने निर्णय भएको हो । सूचना आयोगका प्रमुख आयुक्त कुष्णहरि बास्कोटाको संयोजकत्वमा गठित पाँच सदस्यिय निर्णायक मण्डलले सम्मानको अन्तिम फैसला गरेको हो । स्वर्गिय हेमबहादुर मल्लले साल्ट टेडिङ कर्पोरेसनलाई अहिलेको अवस्थासम्म ल्याउन र आयोडिनयुक्त नुनको प्रयोग दर बढाउन उल्लेखनिय योगदान गरेकाले उनको नामबाट यो सम्मान हरेक वर्ष एक जना विशिष्ठ योगदान गर्ने व्यक्तिलाई प्रदान गरिदै आएको छ ।
२०६० सालदेखि प्रदान गरिदै आएको यो सम्मान २०६२ सालमा मुटु सल्यचिकित्सक डा. भगवान कोइरालाले पाएका थिए । त्यसैगरि यो सम्मान पूर्व उपकुलपति डा. केदारभक्त माथेमा, डा. सुरेशराज शर्मा, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायधिक खिलराज रेग्मी लगायतले प्राप्त गरेका छन । त्यसैगरि २०७३ सालको हेमबहादुर सम्मान विद्युत प्रधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । दुवै जनालाई पुस ११ गते राजधानीमा आयोजना हुने कार्यक्रममा सम्मान गरिने छनौट समितिका संयोजक बास्कोटाले जानकारी दिए । डा. रुइतले अहिलेसम्म एक लाख ३० हजारलाई आखाको ज्योति प्रदान गरेका छन् । उनी हाल तिलगंगा आखा प्रतिष्ठानका प्रमुख कार्यकारी हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरहरु चुनावी दौडमा , पेशागत समावेशी चिकित्सक समूहको ८ बुदे प्रतिबद्घता
Next article पूर्व स्वास्थ्य सचिव श्रेष्ठ रहेनन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web