• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ

April 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ

सुरत रावत,
कैलाली, ११ बैसाख : कैलालीको गौरीगंगा नगरपालिकाका बिभिन्न वडाहरु र क्वारेन्टाइनमा रहेका गरि २८३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको नमुना परिक्षण गर्दा सबैको नेगेटिभ आएको छ । कसैमा पनि कोरोना भाइरस पोजेटिभ नपाइएपछि यहाँका स्थानिय खुसी भएका छन् । रोजगारीका लागि भारत गएका नगरपालिकाका सयौं बासिन्दा यो बिचमा घर फर्किएकाले स्थानिय वासिन्दा कोरोना संक्रमणको त्रासमा थिए ।
गौरीगंगा नगरपालिकामा चैत २८ गतेदेखि सुरु गरिएको आरडिटी चेकजाँच वडा नम्बर दुई, पाँच, छ, सात, नौ तथा ११ नम्बर वडामा बसोबास गरिरहेका र चौमालाको मालिका माविको क्वारेन्टाइनमा रहेका २३ जना गरि २८३ को आरडिटी चेकजाँच गरिएकोमा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको प्राथमिक स्वास्थ्य केन्द्र चौमालाका डा. फुलराम चौधरीले जानकारी दिए । बिहीबार मात्र गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ मा ५८ जना र चौमालाको मालिका माविमा रहेका २३ गरि ८१ जनाको आरडिटी चेकजाँच गरिएको छ । भारत लगायत अन्य देशबाट नगरपालिका फर्किएका सबैको आरडिटी चेकजाँच गरिने डा. चौधरीले बताए ।
भारत लगायत अन्य देशबाट आएकाहरु ५८ जना चेकजाँच गराईएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको थोरै भएपनि मानसिक त्रास कम भएको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्माले बताइन । सुदूरपश्चिम प्रदेशमा विगत एक महिना यता एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किएकाले यो प्रदेशलाई कोरोनाको जोखिमपूर्ण प्रदेशका रुपमा लिइएको छ । यो प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेकोमा तिन जना निको भएर घर फर्किसकेका छन भने दुई जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा आठ हजार भन्दा बढीको आरडिटी विधिबाट कोरोनाको नमुना परिक्षण भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के
Next article उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web