• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

April 24th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उदयपुरमा मात्र २ हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने

हेल्थ टुडे,
काठमाडौं, १२ बैसाख : पछिल्ला दुई हप्तामा उदयपुरको भुल्केका २८ जनामा कोरोना संक्रमण देखिएपछि यहाँका र सदरमुकाम गाईघाट बजार क्षेत्रका वासिन्दाको गरि दुई हजार भन्दा बढीको पिसिआर विधिबाट नमुना परिक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उदयपुरका शंकास्पद दुई हजारभन्दा बढीको पिसिआरबाट कोरोनाको नमुना परिक्षण गर्न लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए । केन्द्र सरकारले पनि उदयपुरलाई जोखिममा राखेको र दिनप्रतिदिन नयाँ केसहरु देखिन थालेपछि बढी से बढीको परिक्षण गर्न लागिएको उनले बताए । सुरुमा दुई सय ५० जनाको परिक्षण गरिने र त्यसको नतिजा आएपछि थप दुई हजार जनाको परिक्षण गर्ने गरि काम अगाडि बढाइएको मेयर चौधरीले जानकारी दिए । भुल्के बाहेक सदरमुकाम गाईघाट बजार क्षेत्रका वासिन्दाको पनि परिक्षण गरिने छ ।
२८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर दूरीमा पर्छ । संक्रमितहरुले गाईघाट बजार आवतजावत गरेको थाहा भएकाले गाईघाटका बासिन्दालाई पनि जोखिममा राखेर परिक्षणको दर बढाइएको मेयर चौधरीको भनाई छ । गत हप्ता भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो । त्यसको भोलीपल्ट थप चार जनामा पनि संक्रमण पुष्टि भएको थियो । त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ । संक्रमित भन्दा आधा भन्दा बढी भारतिय नागरिक छन् । संक्रमित सबैको विराटनगरस्थित कोराना विशेष अस्पतालमा राखेर उपचार भइरहको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेले मन्त्रालयले उच्च जोखिम देखिएको उदयपुरलाई प्राथमिकतामा राखेर खोजपड्ताल र परिक्षणलाई प्राथमिता दिएर काम गरिरहेको बताएका छन । नेपालमा सबै भन्दा बढी संक्रमित देखिएको जिल्ला उदयपुर हो । अहिलेसम्म देखिएका ४८ जना संक्रमित मध्ये २८ जना उदयपुरका छन । ४८ जना मध्ये १० जना निको भएर घर फर्किसकेका छन । सरकारले अहिलेसम्म करिब ४४ हजारको कोरोना परिक्षण गरिसकेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टर जान मानेनन्
Next article कैलालीको गौरीगंगाका २८३ को आरडिटी गर्दा कोरोना नेगेटिभ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web