• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग

April 26th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा काठमाडौं ल्याएकोमा चिकित्सक संघको विरोध, दोषीलाई कडा कारवाहीको माग

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख: नेपाल चिकित्सक संघले पुर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद डा. सुरेन्द्र यादवलाई कोभिड–१९ को रोकथामका लागि प्रदेश नंम्बर २ को उच्च स्तरीय स्वास्थ्य सल्लाहकार समितिमा रही काम गरिरहेको अवस्थामा सत्ताको दुरुपयोग गरि अपहरणशैलीमा गृहजिल्ला महात्तरीबाट काठमाडौं ल्याएको घटनाप्रति बिरोध जनाएको छ । अपहरण काण्डका मतियार र संलग्नहरुलाई कडा कारवाही गर्न संघले सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका आजिवन सदस्य डा. यादवलाई गत बिहीबार नेकपाका सांसदहरु महेश बस्नेत र किशान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनालले उनकै गहृजिल्ला महोत्तरी गएर अपहरणशैलीमा रातारात काठमाडौं ल्याएका थिए । संघले आज विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग युद्ध मैदानमा होमिएका जिम्मेवार चिकित्सकलाई राज्य संयन्त्रको चरम दुरुपयोग गरेर आधारभूत मानव अधिकारको मान्यता बिपरित मानसिक दबाब सिर्जना गर्दै अस्वाभाविक तवरबाट बन्दाबन्दीको समयमा अपहरणशैलीमा ल्याउनु निन्दनीय घटना भएको जनाएको छ । संघका महासचिव डा. बद्री रिजाल हस्ताक्षरित विज्ञप्तिमा यो घटनामा संलग्नमाथि अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानून बमोजिम कारवाही गर्न सरकारसंग जोडदार माग गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन
Next article बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खटाएका डाक्टर जान मानेनन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web