• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश नम्बर ५ मा सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी

June 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश नम्बर ५ मा सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी

हेल्थ टुडे,
काठमाडौं, १ असार प्रदेश नम्बर ५ मा सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोगसम्बन्धी तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) २०१९ का अनुसार देशका सातवटै प्रदेशमध्ये सबैभन्दा बढी सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ५ नम्बर प्रदेशमा रहेको पाइएको हो । सर्वेक्षण अनुसार सो प्रदेशमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको प्रतिशत ३६.६ रहेको छ । यो अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बढी हो । नेपालमा औसत सुर्तीजन्य पदार्थ सेवनकर्ता २८.९ प्रतिशत रहेको छ । प्रदेश नं ३ मा सबैभन्दा कम सुर्ती सेवनकर्ता रहेको पाइएको छ । यो प्रदेशमा २२.२ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी १ नम्बर प्रदेशमा २२.८ प्रतिशत र गण्डकी प्रदेशमा २५.९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । कर्णाली र २ नम्बर प्रदेशमा समान २९.७ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता छन् । सुदूरपश्चिम प्रदेशमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ३३.८ प्रतिशत रहेको पाइएको छ । पछिल्ला वर्षमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या घटेको भए पनि आशा गरेअनुसार घट्न नसकेको विज्ञहरू बताउँछन् । क्यान्सर रोगविज्ञ डा. प्रकाशराज न्यौपाने भन्छन्, ‘पहिलेको तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने घटेको जस्तो देखिए पनि सोचेजस्तो संंख्या घट्न सकेको छैन ।’
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा चुरोट सेवनकर्ता १.४ प्रतिशतले घटेका छन् । तर यही अवधिमा पुरुष सेवनकर्ता भने १ प्रतिशतले बढेको पाइएको छ । हरेक पाँचपाँच वर्षमा हुने यो सर्वेक्षण पछिल्लो पटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा गत फेरवरीदेखि मे महिनासम्म गरिएको थियो । १५ देखि ६९ वर्ष उमेरसमूहका पाँच हजार पाँच ९३ जना वयस्कमा यो सर्वेक्षण गरिएको परिषद्ले जनाएको छ ।
सन् २०१९ को सर्वेक्षणले धूमपान सेवन गर्नेको प्रतिशत पुरुषमा २८ र महिलामा ७.५ गरी औसतमा १७.१ प्रतिशत देखाएको छ । पाँच वर्षअघि अर्थात् सन् २०१३ मा गरिएको यस्तै सर्वेक्षणमा पुरुष २७ प्रतिशत र महिला १०.३ प्रतिशत गरी औसत १८.५ प्रतिशत देखाएको थियो ।
पहिलो पटक धूमपान सेवन गर्दाको औसत साडे १७ वर्ष भएको देखाएको छ । महिलाको हकमा भने सो उमेर बढेर १८ वर्ष ३ महिना छ । पछिल्लो समय सहरी इलाकामा विद्युतीय चुरोट– ई सिगरेट सेवन गर्ने फेसन चलेको छ । सहरी इलाकामा विशेषगरी युवा पुस्ता ई—सिगरेटको लतमा झुम्मिएको देखिन्छ । यसपटकको सर्भेमा यसको पनि तथ्यांक लिने कोसिस गरिएको छ । सर्भेले शून्य दशमलव ८ प्रतिशत प्रयोगकर्ता रहेको देखाएको छ । सर्वेक्षणले सुर्तीजन्य पदार्थको प्याकेटमा छापिने चित्रअंकित चेतावनीमूलक सन्देश (पिक्टोरियल हेल्थ वार्निङ) का कारण ४४.८ प्रतिशत अम्मलीले चुरोट छाड्न चाहेको बताएको छ ।
७२.२ प्रतिशत वयस्कहरूले धूमपान नियन्त्रणसम्बन्धी सन्देश तथा गतिविधिबारे रेडियो तथा टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट जानकारी प्राप्त गरेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीको सुर्नयामा महिनावारीजन्य समस्या, महिला तथा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम
Next article ‘स्वस्थ जीवनको आधार, औषधि होइन उपवास’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134320
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web