• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीको सुर्नयामा महिनावारीजन्य समस्या, महिला तथा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

June 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीको सुर्नयामा महिनावारीजन्य समस्या, महिला तथा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम

हेल्थ टुडे,
बैतडी ४ असार
बैतडीको सुर्नया गाउँपालिकाका सबै जसो वडामा महिलाहरुमा महिनावारीसँग जोडिएका समस्या अत्यधिक देखिएको छ । सुर्नया गाउँपालिकाको सहयोगमा हेल्थ टुडे मिडियाले सञ्चालन गरेका तालिमका क्रममा सहभागीहरु माझ गरिएको सर्वेक्षणले यो अवस्था देखाएको हो । यौन, प्रजनन स्वास्थ्य, लैंिगक सवाल, महिनावारी तथा सेनेटरी प्याड निर्माणसम्बन्धी सबै वडामा सञ्चालन भएको तालिमका क्रममा अधिकांस सहभागीले ग्रामीण क्षेत्रमा महिलाहरुले भोग्नु परेका स्वास्थ्य समस्याबारे बताएका थिए ।

हेल्थ टुडे मिडियाका अध्यक्ष तथा पत्रकार पदमराज जोशीले दिएको जानकारी अनुसार, सहभागीहरुले आफ्नो गाउँटोलमा महिनावारीमा हुने दुखाईको समस्या सबैभन्दा धेरै रहेको बताएको जानकारी दिनुभयो । महिलाहरुमा तल्लो पेट दुख्ने समस्या धेरै रहेको उहाँको भनाई थियो । यसैगरी गाउँपालिकाका सबैजसो वडामा महिलाहरुमा हात खुटटा तथा जोर्नी दुख्ने समस्या समेत धेरै रहेको पाईएको छ । तालिमका क्रममा सहभागीहरुलाई आफ्नो गाउँ, टोल, वडामा महिलाहरुमा देखिने सबैभन्दा जटिल ५ वटा स्वास्थ्य समस्या के के हुन भन्ने प्र्रश्न गरिएको थियो । अधिकांश सहभागीहरुले महिनावारीसम्बन्धी समस्या र जोर्नी दुख्ने, बाउँडिने समस्या रहेको बताएका थिए ।

यसबाहेक पाठेघर खस्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्या समेत देखिने उनीहरुले बताएको जोशीले बताउनुभयो । किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी अभिवृद्धि गर्ने तथा उनीहरुलाई प्रशिक्षकका रुपमा विकास गर्न आयोजना गरिएको चार दिने तालिम गाउँपालिकाका सबै वडाका किशोरी समेटेर सञ्चालन भइरहेको छ । हेल्थ टुडे मिडियाले दिएको जानकारी अनुसार, गाउँपालिकाका वडा नं। ७ र ८ मा तालिम सम्पन्न भइसकेको छ भने वडा नं। ४देखि ६ सम्म रौलेश्वर र १ देखि ३ वडाका किशोरीहरुलाई सतबाँझमा तालिम सञ्चालन भइरहेको छ । तालिममा वडाका स्वास्थ्य स्वयंसेविकाहरु समेत सहभागी छन् । दुई चरणमा सहभागी तालिममा पहिलो चरणमा महिला हिंसा, यौन, प्रजनन स्वास्थ्य, महिनावारी, गर्भपतन जस्ता विषयमा तालिम दिइएको छ भने दोश्रो चरणमा किशोरीहरुलाई सुरक्षित महिनावारीका लागि सेनेटरी प्याड बनाउन सिकाइएको छ ।

रौलेश्वरमा आयोजित तालिमलाई गाउँपालिका अध्यक्ष बीर बहादुर विष्ट तथा उपाध्यक्ष लिला कुमारी विष्टले संयुक्त रुपमा उदघाटन गर्नुभयो । उदघाटनपश्चात उपाध्यक्ष लिला विष्टले महिला सवाल र नेतृत्वका विषयमा प्रशिक्षण दिनुभएको थियो । सतबाझमा आयोजित तालिमलाई भने वडा नं। २ का अध्यक्ष हर्क बहादुर पाण्डेले उदघाटन गर्नुभएको थियो । तालिमपश्चात सबै वडामा किशोरी समूह गठन गरिने तथा उनीहरुलाई हरेक घर घर सम्म प्रजनन स्वास्थ्यका बारेमा जनचेतना फैलाउने र प्याड बनाउन सिकाउने गरी भविष्यमा परिचालिन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

कोरोना महामारी फैलिएको बेला सहभागीहरुको ज्वरो जाँच गरि सामाजिक दूरी कायम गरेर सुरक्षित उपाय अपनाई तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । तालिममा सुदूरपश्चिम क्षेत्रमा महिला स्वास्थ्यका क्षेत्रमा विगत ७ वर्षदेखि काम गर्दै आएका चिकित्सक डा। लोकेन्द्र थापा, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धि, पैरवी तथा सामाजिक मुद्दामा प्रशिक्षण गर्दै आएका सञ्चारकर्मी गोकर्ण भट्ट, हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशी, किशोरी क्षमता अभिवृद्दि सहजकर्ता तथा यो क्षेत्रमा तालिम दिँदै आएका डम्मरी भट्ट, कुन्ति भट्टलगायत जनस्वास्थ्यविद एवं अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश नम्बर ५ मा सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी
Next article नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132585
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web