• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

June 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेता लेखकको पहलमा कंचनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

हेल्थ टुडे,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड(१९ बिरुद्ध काम गरिरहेका कंचनपुर जिल्लाका बिभिन्न स्वास्थ केन्द्रहरुमा कार्यरत स्वास्थ कर्मीहरुका लागि ५६ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ।

नेपाली कांग्रेस कंचनपुर मार्फत कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्थानीय तह अन्तर्गत स्वास्थ्य केन्द्र हरुका लागि क्षेत्र नम्बर (१ मा १३ थान , क्षेत्र नम्बर (२ मा १३ थान र क्षेत्र नम्बर (३ का लागि ३१ थान पिपिइ सहित सेनिटाइजर, सर्जिकल मास्क र एन(९५ मस्क जिला कार्य समिति कंचनपुरको तर्फबाट प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद बोहोरा सहित जिल्ला सचिव दिवाकर पाण्डे ,जिल्ला कोसाध्यक्ष शंकर बहादुर चन्द , क्षेत्र नम्बर (३ का सभापति गोपाल दत्त भट्ट , कांग्रेस नेता यज्ञ राज जोशी, बेल बहादुर राना लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कंचनपुरमा पुगेर हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति हरि प्रसाद बोहोराले नेपाली कांग्रेसले महामारीका रोकथामका लागि गरिने हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रमुख प्रतिपक्षी दलको तर्फ बाट गरिएको सहयोगको लागि नेता लेखक सहित नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्य समिती लाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि महामारी विरुद्धको कार्यमा सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
पछिल्लो समय कंचनपुरमा कोरोना प्रकोप बढदै गएको , रोकथामका लागि सरकार उदासिन बनेको, परीक्षणको गति न्यून भएकोमा चिन्ता व्यक्त गर्दै नेता लेखकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै विभिन्न निकायहरू सङ्ग पहल गरिराखेकोमा जिल्ला बाट स्वास्थ्य सुरक्षा सामग्रीहरुको पनि अभाव रहेको भन्ने व्यापक जन गुनासो आएपछी नेता लेखकको पहलमा स्वास्थ्य सुरक्षा सामग्री कंचनपुर पठाइएको र थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको नेता लेखकका सहयोगी जनक भट्टले जानकारी दिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीको सुर्नयामा महिनावारीजन्य समस्या, महिला तथा किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम
Next article जरा गाडिएको समाजमा पिल्सिएको मुख स्वास्थ्य 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133178
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web