• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको जीन अध्ययन थाल्यो

July 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको जीन अध्ययन थाल्यो

हेल्थ टुडे,

काठमाडौं, २० असार  : नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।

परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ ।

परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा। मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए ।

जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उनले भने, “ भाइरस पत्ता लागेपछि कोभिड १९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् ।

परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । “हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’’ उनले भने, “ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’’

अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न ९क्लिनिकल साइन सिन्ट्रोम० नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ ।

सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लेखकद्वारा जन्मथलो बैतडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २० थान पीपीई सहयोग
Next article स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133389
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

70
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

54
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web