• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

गुरुपुर्णिमा, मानसिक स्वास्थ्य र कोभिड १९

July 11th, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गुरुपुर्णिमा, मानसिक स्वास्थ्य र कोभिड १९

रमेश भट्ट,

गएको आईतबार, बिहानै चार बजे माबाईलमा बजेको मेसेजको घन्टीले निन्द्रा खुल्यो विद्यार्थीले पठाएको गुरूपूर्णिमाको शुभकामना रहेछ। दिनभरि स्वदेश र विदेशबाट मोबाइलमा  लगभग ५०० भन्दा बढी “हेप्पी टिचर्स डे” भनेर आएको शुभकामनाले भित्रैदेखि म निकै खुशी भए र आफ्नो पेशाप्रतिको सम्मान पनि बढ्यो।

कोभिड १९ को महामारीका कारण तीन महिनाभन्दा लामो लकडाउनले स्कूल र क्याम्पसको पठनपाठन प्राय सबै ठप्प छ। लगभग ५००० भन्दा बढी शैक्षिक संस्थाहरु सम्भावित कोभिड १९ का बिरामी राख्ने क्वारेन्टाईन बनाइएका छन्। एकातिर पठनपाठन रोकिएका कारण विद्यार्थी र अभिभावका थुप्रै जिज्ञासाहरूको कुनै समाधान दिन नसकिएको अवस्था छ भने, नियमित पाइने तलब पारिश्रमिक पनि रोकिएकोले प्राय शिक्षकहरूको दिनचर्या असामान्य र तनावपूर्ण नै छ। यस्तो अवस्थामा पनि सरकार तथा अन्य सरोकार संस्थाहरुबाट कुनै ठोस निर्णय वा समाधानका विकल्पहरू नआउँदा, विद्यार्थी तथा शिक्षकहरु दुवै अन्यौलमै छन्।

हुन त कोभिड १९ को यो महामारीले सारा संसारनै आक्रान्त भैरहेको बेलामा नेपाल जस्तो गरिब देशका शिक्षकहरु पीडित हुनु कुनै नौलो कुरा त हैन। तर राज्यले बुझ्नुपर्ने कुरा के भने शिक्षकका पिडाहरु उसको व्यक्तिगत जीवनसँगमात्र सीमित रहेन र सरोकार राख्ने हुदैनन्। यसको अल्पकालीन तथा दीर्घकालीन प्रभाव सम्पूर्ण समाजमानै प्रस्ट रुपमा देख्न सकिन्छ।

यदि समाजलाई शिक्षित र समृद्ध बनाउने हो भने, यसमा शिक्षकहरूको सकारात्मक भूमिका अपरिहार्य छ। हाम्रो समाजले स्कूलकलेजमा विदेशको जस्तै गुणस्तरीय पठनपाठन होस् भन्ने चाहना गर्ने साथै आफ्ना छोराछोरीहरु भोलि भविष्यका उज्वल व्यक्तित्व बनून भन्ने इच्छा राख्ने तर यी संस्थाहरुमा आबद्ध शिक्षकहरूको गुणस्तर र अवस्थालाई नजरअन्दाज गर्नेहो भने हाम्रो चाहना कसरी सम्भव हुन सक्छ। एउटा भनाई नै छ, “शिक्षक हिँडे विद्यार्थी सुत्छन्, शिक्षक दौडे विद्यार्थी बल्ल हिँड्छन्”। त्यसकारण, शिक्षकलाई दौडिने माहोल दिनु यो राज्य र समाजको दायित्व पनि हो, अनि पो बल्ल विद्यार्थीले सोचे अनुरुपको गुणस्तरीय शिक्षा पाउँछन्।

शिक्षकहरूको भूमिका केवल विद्यार्थीहरुलाई सिकाउने र ज्ञान दिनेमा मात्रै सिमित हुँदैन। पठनपाठनका क्रियाकलाप संगै उनीहरुले विद्यार्थीहरुको मनोबल सकारात्मक र उच्च राख्न पनि अहम् भूमिका खेलिरहेका हुन्छन्। चाहे स्कुले विद्यार्थी होस वा क्याम्पस पढ्ने युवा उनीहरूको मानसिक अवस्थाको हेक्का जति घरमा बुवाआमा लिइरहेका हुन्छन् त्यत्तिनै विद्यार्थीको नजिकमा रहेका शिक्षकहरुले पनि बुझेको वा झेलिरहेका हुन्छन् र त्यसको समाधानका भरपुर उपायहरु लगाइरहेका हुन्छन्। शिक्षकले बोलेका सकारात्मक शब्दहरु, प्रस्तुत गरेका विचार र तर्कहरुले जहिले पनि विद्यार्थीहरुलाई अझ राम्रो गर्न हौस्याइरहेको हुन्छ साथै मिहिनेत गर्न अनि अघि बढ्न प्रोत्साहन र थप उर्जा पनि दिइरहेको हुन्छ।

अझ भन्नु पर्दा यस्ता गतिविधिहरुले विद्यार्थीको मानसिक अवस्था पनि सवल भईरहेको हुन्छ। त्यसकारण शिक्षकले प्रदान गरेको राम्रो वातावरणले विद्यार्थीको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको हुन्छ।

अध्ययनले देखाए अनुसार विद्यार्थीको जीवनमा शिक्षकको अनुकरणीय भूमिका हुन्छ। विद्यार्थीहरुमा देखिने अल्पकालीन तथा दीर्घकालीन मानसिक समस्या सुल्झाउन साथै उपयुक्त सल्लाह दिन शिक्षकको अहम भूमिका रहेको पाइएको छ। त्यसकारण असल र मानसिक रुपमा स्वास्थ्य शिक्षकले मात्र समाजलाई आवश्यक र चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने अहम भूमिका खेल्न सक्छन् ।

हाल कोभिड १९ को महामारीमा संसारभरिनै मानिसहरूलाई मानसिक समस्या बढ्ने क्रम देखिएको छ। यसमा पनि अझ क्याम्पस पढ्ने किशोरकिशोरी, युवा र स्कुले विद्यार्थीहरुमा पनि प्रशस्त संख्यामा यो समस्या देखिन थालेको छ। नेपालमा विगत तीन महिनामा देखिएको तथ्यांकमा लगभग १५०० जनाले आत्महत्या गरेको देखिएको छ। यस्तो अवस्था देखिनुका पछाडि महामारीले निम्त्याएको अन्यौल तथा त्रासपूर्ण वातावरण, राजनैतिक अस्थिरता, चरम आर्थिक अभाव र अन्य पारिवारिक कहल छन्। यसका साथै स्कूल कलेजका पठन पाठन अगाडि बढाउन नसक्नु तथा यि विद्यार्थीहरु सँग प्रत्यक्ष सरोकार राख्ने शिक्षकहरुपनि अस्तव्यस्त हुनु यसको अर्को कारण पनि हो। कोभिड(१९ महामारीको यस्तो संवेदनशील समयमा शिक्षक मात्र यस्तो व्यक्ति हो जसले समाजमा रहेका भविष्यका कर्णधारहरुका बिचलित तथा आत्तिएको मनहरुमा मलम पट्टी लगाउन सक्छन् साथै उचित परीमार्श र जीवन सहज बनाउने सही बाटो देखाउन सक्छन्।

सरकार तथा शिक्षा क्षेत्रमा व्यापारगर्ने व्यापारीहरुले स्कूल र कलेजहरुलाई अन्य कारखाना वा कम्पनी जस्तै तुलना गरेर त्यहाँ कार्यरत शिक्षकहरुलाई पनि सामान्य मजदुर बा कामदार सरह व्यवहार गरेको पाइएको छ। यस्तो अवस्था सृजना हुनुभनेको यो पेशामा संलग्न सवै शिक्षकहरूको लागि दुर्भाग्य हो। शिक्षक र शिक्षण पेशाको संवेदनशीलता नबुझ्ने राज्यले कसरी आफ्ना नागरिक शिक्षित र संमृद्ध बनाउन सक्छ।

यो महामारीको अन्यौलतामा वैकल्पिक माध्यमहरु अपनाएर सजिलै सँग पठन(पाठनका कामहरु संचालन गर्न सकिन्छन्। हाल आएर केही हदसम्म कक्षाहरु यसरी संचालन पनि भैरहेका छन्। जसलेगर्दा विद्यार्थीहरुलाई सिकाइ पनि हुने साथै समयपनि अध्ययनशील क्रियाकलापमा बित्ने हुँदा विद्यार्थीहरुको दिनचर्या तनावमुक्त्त हुन्छ। तर निजी शैक्षिक संस्थामा कार्यरत शिक्षकहरु भने यि संस्थाहरूको विभिन्न समस्या तथा सरकारको अस्पष्ट निर्णयका कारण विगत ३ /४ महिनादेखि आफ्नो पारिश्रमिक नपाएर छटपटाइरहेका छन्। आफ्ना पिडा समस्याहरु दवाएर भएपनि विद्यार्थीका सामू  अनलाइन क्लास लिन प्रफुल्ल तथा तयारी अवस्थामा प्रस्तुत हुन बाध्य छन्। यस्तो मानसिकता लिएर पठनपाठनमा संलग्न भएका शिक्षकहरुले के विद्यार्थीहरुलाई प्रभावकारी रुपमा कक्षा संचालन गर्न तथा उपयुक्त्त परामर्श दिई, उनीहरूको मनोबल उच्च राख्न सक्लान त ? सो सबैले सोच्नुपर्ने विषय हो। शिक्षक समाज परिवर्तनका संवाहक तथा गतिशील समाजका सारथि हुन्। यदि राज्यले गरेको निर्णयहरूले यिनिहरुलाईनै निरुत्साहित् पार्ने काम गर्छ भने भविष्यमा कस्तो समाजको निर्माण होला त्यो कल्पनासम्म गर्न गाह्रो छ। आफ्नो कर्तव्य र जिम्मेवारीलाई आत्मसाथ गरेर सधैं सत्य र सकारात्मक चेतना तथा ज्ञान दिई विद्यार्थीहरुलाई आफ्नो लक्षहासिल गर्न सघाउने शिक्षकहरु यस्तो बेलामा आफै मनोरोगको शिकार भए समाजले यसको ठूलो मूल्य चुकाउनु पर्ला।

नेपालको संविधानले स्वास्थ्य र शिक्षा सबै नेपालीको मौलिक अधिकार हो र यसको सुनिश्चित गर्ने दायित्व राज्यको हो भन्ने कुरा प्रस्ट रुप्मा उल्लेख गरिसकेको भएपनि अझै किन निजी र सरकारी शैक्षिक संस्थामा संलग्न शिक्षकहरुलाई राज्यले यति भेदभाव  र बेमतलव गरेको होला। आखिर यि दुवैखाले संस्थाहरुले राज्यलाई आवश्यक जनशक्तिनै उत्पादन गर्ने त हो।

अब पनि यो विषयलाई गहन रुपमा विश्लेषण नगर्ने हो भने अब आउँदा दिनमा थुप्रै शैक्षिक संस्थाहरु संचालन हुन नसक्ने अवस्था हुनसक्छन् साथै लाखौ विद्यार्थीहरू नियमित पठनपाठन बाट बन्चित हुन सक्छन्। हाल कोभिड १९ को महामारी रोकिने कुनै निश्चित छैन र यसलाई पुर्णरुपमा निर्मूल पार्न पनि त्यति सहज नभएको कुरा विश्व स्वास्थ्य संगठनले भनिसकेको छ। तसर्थ शिक्षा मन्त्रालय तथा सरोकारवाला संस्थाहरु मिलेर अब अनलाइन प्रणालीबाटनै नियमित रुपमा पठनपाठन सुचारु गर्न र शिक्षकहरुलाई पनि सहज र सम्मानजनक वातावरण बनाउन अत्यन्त आवश्यक छ ।  ( भट्ट, यति स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंग प्रत्यारोपणलाई अझै सहज बनाउन कानूनी अड्चन हटाइने
Next article गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web