• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यतिकेमले ल्यायो सिप्लाले उत्पादन गरेको थप ४८० भाइल रेमडिसिभिर, मूल्य ६ हजार ४०० रुपैया

August 29th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यतिकेमले ल्यायो सिप्लाले उत्पादन गरेको थप ४८० भाइल रेमडिसिभिर, मूल्य ६ हजार ४०० रुपैया

हेल्थ टुडे,

काठमाडौं, १३ भदौ  : कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि अहिलेसम्म प्रभावकारी मानिएको थप रेमडिसिभिर औषधि नेपालमा आइपुगेको छ ।

भारतीय औषधि कम्पनी सिप्लाले उत्पादन गरेको रेमडिसिभिर यतिकेम डिस्टिब्युटरले नेपाल भित्र्याएको हो । यतिकेमले नेपालमा औषधि उत्पादनदेखि विदेशी औषधिको थोक विक्रेता हो ।

यतिकेम डिस्टिव्यूटर्सका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले रेमडिसिभिर औषधि नेपाली बजारमा अधिकतम ६ हजार चारसय रुपैया मूल्यमा उपलब्ध गराउन सकिने जानकारी दिएका छन । बैद्यका अनुसार पहिलो चरणमा अहिले ४८० भाइल औषधि आएको छ र केहीदिनभित्रै त्यतिमै परिमाणमा औषधि नेपाल आइपुग्ने उनले बताए ।

यसअघि भदौं पहिलो साता भारतीय माइलन कम्पनीबाट उत्पादन भएको ५ सय ७० भाइल रेमडिसिभिर औषधि नेपाल आयत भएको थियो ।

नेपालमा सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने विभाग जनाएको छ ।

श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन् ।

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन् । पछिल्ला दिनमा कोरोना संक्रमितको उपचारमा यो औषधि प्रयोग हुदै आइरहेको छ । आत्रिकारिक विक्रेताहरुले नल्याएकाले र सरकारले ल्याउने अनुमति नदिएकाले यसको केही दिन अगाडिसम्म ठूलो कालो बजारी समेत भएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अर्बपति उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण
Next article महाकाली नगरपालिकामा उच्च ज्वरोले ६ को ज्यान गएपछि अनुसन्धान गर्न पुग्यो स्वास्थ्यकर्मीको टोली  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web