• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

हात धोए संक्रमणबाट मुक्ति, नधुदा के के रोग लाग्छन् ?

November 9th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात धोए संक्रमणबाट मुक्ति, नधुदा के के रोग लाग्छन् ?

मिलनकुमार पौडेल,

नियमित रूपमा  साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखालालगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ । विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा केही खास रोग फैलन सक्ने भएकाले हात धुनु अत्यावश्यक मानिन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार मानिसले छोएको ठाउँमा दुई घण्टाभन्दा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ । यति मात्र हैन, जतिबेला मानिसले दूषित वस्तु वा सतहलाई छुन्छ, उसको हातमा फोहोरमा रहेका कीटाणु टाँसिन्छ । त्यही हात उसले अनुहार, आँखा, मुखमा लाँदा र नाक आदि कोट्याउँदा र छुँदा संक्रमणको मारमा पर्छ ।

‘नियमित रूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकीलगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम ५० प्रतिशतसम्म कम हुन सक्छ’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे बताउँछन् । एनका अनुसार थुप्रै संक्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ । आजकल जीवाणु र विषाणुजन्य संक्रमण बढी हुने भएकोले पैसा र मोबाइल छोएपछि समेत हात धुन उनी सल्लाह दिन्छन् । नोवल कोरोना भाइरस, मौसमी रुघाखोकी, झाडापखाला, हैजा, ग्यास्ट्रो इन्ट्राइटिस, टाइफाइड, क्षयरोग, श्वासप्रश्वासबाट सर्ने रोग, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका, चुर्ना, निमोनिया, छाला र आँखासम्बन्धी रोगलगायत थुप्रै रोगको संक्रमणबाट बच्न पनि नियमित हात धुनुपर्ने डा. पाण्डे जोड दिन्छन् ।

सीडीसीका अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोपजस्तै हो । यसले झाडापखाला र श्वाससम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ । केही खास गतिविधिपछि नियमित रूपमा सही तरिकाले हात धुने र कीटाणुलाई हटाउने एउटा सबैभन्दा राम्रो विधि भएको उसले जनाएको छ । नियमित हात धुने बानीले बिरामी हुनबाट जोगाउनुका साथै अन्य व्यक्तिमा समेत कीटाणुको प्रसारलाई रोक्छ । एउटा अत्यन्त सामान्य कुरा मानिने साबुनपानीले हात धुने प्रक्रिया कडाभन्दा कडा प्रकारको संक्रामक रोगसँग लड्ने सशक्त, विज्ञान प्रमाणित हतियार हो । तर विश्वभरि गरिएका विभिन्न अध्ययनले के देखाएको छ भने, हामीमध्ये धेरैजसोले उपयुक्त रूपमा आवश्यक मात्रामा हात सफा नै गर्दैनौं । सफा गरे पनि यसलाई प्रभावकारी रूपमा गरिएको हुँदैन ।

साबुनपानीले राम्ररी धोएर वा ह्यान्ड सेनिटाइजर आदिका माध्यमले हातको स्वच्छतालाई कायम राख्दा थुप्रै प्रकारका संक्रमणजन्य रोगको रोगथाम गर्न सकिने कुरा हालै विज्ञानले प्रमाणित गरिसकेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागका डा. पीयूष राजभण्डारी बताउँछन् ।

मुलुकको आम जनसंख्यामा हात धुने प्रक्रियाबारे विस्तृत वैज्ञानिक अध्ययन छैन । यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा गरिएको एउटा अध्ययनअनुसार, खानुभन्दा अघि हात धुनेले पनि ९७ प्रतिशत समय उपयुक्त रूपमा हात धुने गरेको पाइँदैन । उनीहरू राम्ररी हात धुनु र २० सेकेन्डसम्म साबुन दल्नुमा असफल हुन्छन् । यसरी कम समयमा हात धुँदा हातमा भएका सबै रोगका कीटाणुको नाश हुँदैन । अझ मिसिगन स्टेट युनिभर्सिटीद्वारा करिब सात वर्षअघि गरिएको एउटा अध्ययनमा त के पाइएको थियो भने, मात्र ५ प्रतिशत व्यक्तिले मात्र सही प्रकारले हात धुने गर्छन् ।

हात धुने उचित तरिका

राम्ररी हात धुनलार्ई न्यूनतम २० सेकेन्ड समय खर्चिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाउँदै आएको छ । बच्चालार्ई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ । उचित प्रकारले हात धुनका लागि पानीमा हात भिजाएर पर्याप्त मात्रामा हातमा साबुन लगाएर दुवै हातलार्ई राम्ररी मोल्नुपर्छ । दुवै हातको औंलालार्ई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । एउटा हातको औंलालाई अर्को हातले समातेर घुमाउँदै दल्नुपर्छ । र, फेरि यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ ।

पानीले राम्ररी हात धुनुपर्छ । धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । यस्तो प्रक्रियाले हात स्वस्थ र सुरक्षित हुन्छ । राम्ररी हात धोएर त्यसलाई आफूले लगाएको लुगाको कुना, खल्तीमा राखिएको रुमालले वा सारीको आँचलले पुछ्नु हुँदैन । यसमा पहिल्यैदेखि कीटाणु रहेको हुन्छ जुन चिसो हातमा टाँसिन्छन् । चिकित्सकहरूका अनुसार, सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ । तौलियालार्ई कीटाणुरहित बनाउन उम्लिरहेको पानीमा धुनुपर्छ । अनुसन्धानअनुसार औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन । हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा यो ब्याक्टेरिया अन्य व्यक्तिमा सर्छ । हातमा मानव मलमा पाइने रोगाणुहरू समेत पाइन्छन् ।

हातधुने साबुन

हातलाई साबुनपानीले धुँदा मात्र पानीले हात धुनुको दाँजोमा धेरै बढी मात्रामा रोग उत्पन्न गर्ने जीवलाई हटाउँछ । साबुनले छालामा जलन उत्पन्न हुने व्यक्तिले यो बुझ्नु आवश्यक हुन्छ कि साबुनमा फरक ‘पीएच’ अर्थात् तटस्थ, अलिकति क्षारीय वा अलिकति अम्लीयपन हुन सक्छ । यति मात्र नभई साबुनमा भएको सुगन्धले पनि जलन उत्पन्न गर्न सक्ने औंल्याउँदै डा. पाण्डेले अप्ठ्यारो हुने व्यक्तिले साबुनलाई परिवर्तन गरेर जलनको समस्याबाट मुक्ति पाउन सक्ने बताउँछन् । यति मात्र नभई संक्रमण नहुने हिसाबले तरल साबुन ठोस साबुनभन्दा राम्रो मानिन्छ । जर्नल अफ एन्टिमाइक्रोविय थेरापीमा प्रकाशित एक अध्ययनअनुसार हात धुनका लागि साधारण साबुनसमेत एन्टिब्याक्टेरियल साबुन जत्तिकै प्रभावकारी हुन्छ । अनुसन्धान अनुसार, वास्तविक स्थितिमा साधारण साबुन र एन्टिब्याक्टेरियल साबुनको प्रभावमा कुनै विशेष अन्तर हुँदैन । संक्रमण मुक्त गर्ने एन्टिब्याक्टेरियललगायत साबुनको दाँजोमा सामान्य साबुनले  विधि पु¥याएर हात धुन पर्ने डा. राजभण्डारी औंल्याउँछन् ।

साबुनको भूमिका

नुहाउँदा, कपाडा धुँदा उपयोग गरिने रासायनिक पदार्थ नै साबुन हो । यसलाई बोसो, अम्लको पानीमा घुल्ने लवण भने पनि हुन्छ । यसमा मुख्य रूपमा सर्फेक्टेन्ट अर्थात् फोहोर हटाउने रसायन, डिटर्जेन्ट, ग्लिसरिन, सुगन्धीलगायत मात्रा हुन्छ । यसको प्रचलन पछिल्लो ५–६ दशकयता बढेको छ । यसअघि धेरैजसो माटो, खरानी, रिठ्ठा आदिलाई हात वा कपाललगायत सफा गर्नका लागि उपयोग गरिन्थ्यो ।

हाम्रो हात, शरीरमा भएका थुप्रै प्रकारको सूक्ष्म जीव, लवण, धुलोका कण, पसिना, तैलीय पदार्थ, मृत कोषिका आदिमा साबुन लगाउँदा पानीसँगै पखालिन्छ । बजारमा मुख्य रूपमा हात धुने र नुहाउने गरी दुई प्रकारका साबुन पाइने गरिएको रसायनशास्त्री विनय झा बताउँछन् । साबुनको गुणस्तर त्यसमा भएको कुल बोसो (टोटल फ्याटी म्याटर अर्थात् टीएफएम) मा निर्भर गर्छ । नुहाउने साबुनमा ६० देखि ८० प्रतिशतसम्म टीएफएम प्रयोग गरिन्छ । यस्तै नुहाउने साबुनमा सुगन्धीलगायतका अन्य थुप्रै पदार्थसमेत थपिने गरिन्छ ।

सेनिटाइजर

हातमा भएको कीटाणुको संख्यामा कमी ल्याउन साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त तरिका हो । तर यदि साबुनपानी छैन भने अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उपयोग गर्न सकिन्छ । सीडीसीका अनुसार, यस्ता सेनिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ । अल्कोहलमा आधारित सेनिटाइजरले हातमा भएको कीटाणुलार्ई छिटो कम गर्न मद्दत गर्छ । तर यस्ता सेनिटाइजरले भने सबै प्रकारका कीटाणुलाई हटाउन सक्दैन । सीडीसीका अनुसार, जतिबेला हातलाई हेर्दा नै फोहोर देखिन्छ त्यतिबेला ह्यान्ड सेनिटाइजर प्रभावकारी हुँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसीको जीवनरक्षाका लागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
Next article कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web