• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

November 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

हेल्थ टुडे,

काठमाडौं, ८ मंसिर : कोरोना महामारीका बीच भोली मंसिर ९ गतेदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गर्न लागेको हो ।  परीक्षाका बेला स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने बताए । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गर्ने उनले जनाए । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।

स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । ‘केन्द्राध्यक्षहरूको अभिमुखीकरणमा हेल्थ डेस्क राख्न निर्देशन दिएका छौं,’ पौडेलले भने, ‘साबुनपानीले हात धोएर मात्र परीक्षा हलमा प्रवेश गर्न दिइनेछ ।’ कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । दुईरदुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने बोर्ड अध्यक्ष पौडेलले बताए ।

‘ठूला कोठा भए २० जनासम्म राख्न सकिएला, एउटा कोठामा कति जनाभन्दा पनि दुईरदुई मिटरको दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने । परीक्षार्थी, निरीक्षकलगायत परीक्षामा संलग्न कर्मचारीले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने उनले दोहो¥याए । उनले थपे, ‘रुघाखोकी लागेका वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका परीक्षार्थीलाई छुट्टै कक्षाकोठामा राखेर परीक्षा दिन लगाउनुपर्छ, कोरोना पोजिटिभ भएका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था बोर्डले मिलाउँछ ।’ ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हात धोए संक्रमणबाट मुक्ति, नधुदा के के रोग लाग्छन् ?
Next article वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा कर्मचारीले लगाए ताला, अस्पतालको सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web