• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

January 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

हेल्थ टुडे,

काठमाडौं, ८ माघ  : बहुप्रतिक्षित कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड आज भारतबाट दिउँसो १२ बजे काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा कोभिसिल्ड इन्डियन एयरलाइन्सको विमानबाट पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप  आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्ने छन । त्यसपछि उक्त खोप टेकूस्थित राष्ट्रिय खोप भण्डारणमा लगिने छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोभिसिल्ड पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्तिलाई दिइने बताए ।

कोभिसिल्ड खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाका अनुसार लामो सुरक्षाका लागि यो खोपको दुई मात्रा दिन आवश्यक छ ।  यो खोप ३ महिनासम्म ९० प्रतिशत प्रभावकारी हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक हप्ताभित्र सबै जिल्लामा खोप लगाउन सकिने गरि काम भइरहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान
Next article कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131841
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web