• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

March 25th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

हेल्थ टुडे,

चितवन, १२ चैत :  चितवन मेडिकल कलेज (सिएमसी) ले राजधानी बाहिर  पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । सिएमसीले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको हो ।  उनकै ३३ वर्षीया छोरीले कलेजो दान दिएको मेडिकल कलेजले जनाएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार र डा. सञ्जिव अनिजाको सहयोगमा कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो ।  प्रत्यारोपणमा अस्पतालका विशेषज्ञ चिकित्सकहरु सर्जन डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविन जोशी, डा. जयन्तकुमार साह, डा. अभिषेक भट्टराई, एनेस्थेसियोलोजिस्ट डा. किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, डा. सागर पौडेल र डा. वरुण श्रेष्ठ खटेका थिए । धनकुमारीको कलेजो काम गर्न नसक्ने गरेर बिग्रिएको थियो । त्यसैले प्रत्यारोपणको विकल्प थिएन,’ सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने ।

नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो । नेपालमा पहिलो पटक भक्तपुरस्थित शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । त्यसको दुई वर्ष पछि त्रिवि शिक्षण अस्पतालले यो सेवा सुरु गरेको थियो । अहिलेसम्म १० जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । यो विदेशको भन्दा सस्तो हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं
Next article चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web