हेल्थ टुडे,
काठमाडौं, ३० बैसाख : एनआरएन (गैरआवासीय नेपाली संघ) को सहयोगमा प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार ओमान जाने भएको छ । यसमा नेपाली राजदूतावास ओमानले सहकार्य गर्ने छ ।
ओमानको राजधानी मस्कटको लागि विमानले शनिबार उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारी पनि नेपाल एयरलाइन्सको छ ।
त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।
Leave a Reply