• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको माग पुरा भयो  : डा. कार्की

July 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको  माग पुरा भयो  : डा. कार्की

हेल्थ टुडे,
काठमाडौं, ४ साउन : सरकारले बिगत डेढ बर्षदेखि रिक्त राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सोमबार नियुक्त गरेपछि नेपाल चिकित्सक संघले सरकारको उक्त निर्णयको स्वागत गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक सचिव नियुक्त गर्न बिगत डेढ वर्षदेखि माग गर्दै आइरहेको भए पनि बिगतको सरकारले बेवास्ता गरेको बताउदै वर्तमान सरकारले आफ्नो माग अनुसार चिकित्सक सचिव नियुक्त गरेकोमा संघको माग पुरा भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राविधिक मन्त्रालय भएको र त्यहाँ कार्यरत हजारौ चिकित्सक र बिशौं हजार स्वास्थ्यकर्मीको समस्या चिकित्सकले मात्र बुझ्ने र समस्या समाधानका लागि चिकित्सक नै नेतृत्वमा हुनु पर्ने संघले माग गर्दै आइरहेको थियो । बिगतको केपी ओली नेतृत्वको सरकारले मन्त्रालयमा प्रशासनिक र प्राविधिक गरि दुई जना सचिवको दरबन्दी स्थापना गरे पनि चिकित्सकलाई सचिव बनाउन आनाकानी गर्दै आइरहेको थियो । चार वर्ष पहिले सचिव नियुक्त भएकी डा. पुष्पा चौधरीसंगओली नेतृत्वको सरकारको खटपट भएपछि स्वास्थ्यबाट सरुवा गरेर पद नै नभएको प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । गैरकानुनी सरुवाको विरुद डा. चौधरी अदालत गएपछि अदालतले डा. चौधरीलाई स्वास्थ्यमै फर्काइदिएको थियो ।

अदालतले स्वास्थ्यमा फर्काए पनि ओली नेतृत्वको सरकारले स्वास्थ्यमा प्रशासन तर्फका सचिव  पठाएर डा. चौधरीलाई काम गर्ने अधिकारबाट बन्चित गराएको थियो । त्यसपछि डा. चौधरीले डेढ वर्ष पहिले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको क्षेत्रिय कार्यालय नयाँ दिल्लीमा जागिर खान गएकी थिइन । त्यसपछि बाह्रौ तहका चिकित्सक हुदा हुदै पनि आफू अनुकुल चिकित्सक नभएकाले ओली नेतृत्वको सरकारले सचिव नियुक्त गर्न आनाकानी गर्दै आइरहेको थियो । ओली सरकारको बहिर्गमनपछि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि डा. पोखरेललाई सचिव नियुक्त गरेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेढ बर्षपछि बल्ल स्वास्थ्यमा चिकित्सक सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त
Next article नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर किने नोबेलका शर्माले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web