• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको माग पुरा भयो  : डा. कार्की

July 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको  माग पुरा भयो  : डा. कार्की

हेल्थ टुडे,
काठमाडौं, ४ साउन : सरकारले बिगत डेढ बर्षदेखि रिक्त राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सोमबार नियुक्त गरेपछि नेपाल चिकित्सक संघले सरकारको उक्त निर्णयको स्वागत गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक सचिव नियुक्त गर्न बिगत डेढ वर्षदेखि माग गर्दै आइरहेको भए पनि बिगतको सरकारले बेवास्ता गरेको बताउदै वर्तमान सरकारले आफ्नो माग अनुसार चिकित्सक सचिव नियुक्त गरेकोमा संघको माग पुरा भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राविधिक मन्त्रालय भएको र त्यहाँ कार्यरत हजारौ चिकित्सक र बिशौं हजार स्वास्थ्यकर्मीको समस्या चिकित्सकले मात्र बुझ्ने र समस्या समाधानका लागि चिकित्सक नै नेतृत्वमा हुनु पर्ने संघले माग गर्दै आइरहेको थियो । बिगतको केपी ओली नेतृत्वको सरकारले मन्त्रालयमा प्रशासनिक र प्राविधिक गरि दुई जना सचिवको दरबन्दी स्थापना गरे पनि चिकित्सकलाई सचिव बनाउन आनाकानी गर्दै आइरहेको थियो । चार वर्ष पहिले सचिव नियुक्त भएकी डा. पुष्पा चौधरीसंगओली नेतृत्वको सरकारको खटपट भएपछि स्वास्थ्यबाट सरुवा गरेर पद नै नभएको प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । गैरकानुनी सरुवाको विरुद डा. चौधरी अदालत गएपछि अदालतले डा. चौधरीलाई स्वास्थ्यमै फर्काइदिएको थियो ।

अदालतले स्वास्थ्यमा फर्काए पनि ओली नेतृत्वको सरकारले स्वास्थ्यमा प्रशासन तर्फका सचिव  पठाएर डा. चौधरीलाई काम गर्ने अधिकारबाट बन्चित गराएको थियो । त्यसपछि डा. चौधरीले डेढ वर्ष पहिले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको क्षेत्रिय कार्यालय नयाँ दिल्लीमा जागिर खान गएकी थिइन । त्यसपछि बाह्रौ तहका चिकित्सक हुदा हुदै पनि आफू अनुकुल चिकित्सक नभएकाले ओली नेतृत्वको सरकारले सचिव नियुक्त गर्न आनाकानी गर्दै आइरहेको थियो । ओली सरकारको बहिर्गमनपछि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि डा. पोखरेललाई सचिव नियुक्त गरेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर किने नोबेलका शर्माले
Next article डेढ बर्षपछि बल्ल स्वास्थ्यमा चिकित्सक सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web