• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्र ज्योति संघको पहलमा अब प्रत्येक वडामा आँखा उपचार सेवा  

October 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्र ज्योति संघको पहलमा अब प्रत्येक वडामा आँखा उपचार सेवा  

हेल्थ टुडे,

काठमाडौं, २० असोज : अब देशका सबै पालिकाका वडामा रहेका प्राथमिक स्वास्थ्य चौकीबाटै आँखाको आधारभूत उपचार सेवा उपलब्ध हुने भएको छ । नेपाल नेत्र ज्योति संघको पहलमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानिय पालिकाहरुको सहकार्यमा देश भरिकै वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुले अब आँखाको उपचार पनि प्रदान गर्ने छन् । विश्व दृष्टि दिवसको शुभारम्भको अवसरमा बुधबार नेत्र ज्योति संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले ग्रामिण क्षेत्रका विपन्न जनताले अझै घरआँगनमा सेवा पाउन नसकिरहेकाले वडास्तरका स्वास्थ्य चौकीबाटै आँखा उपचार सेवा प्रदान गर्न लागिएको बताए ।

नेपालको आँखा उपचार विश्वमै उदाहरणिय भएको दाबी गर्दै डा. पन्तले अझै पनि नेपालमा १ लाख २० हजार जनामा अन्धोपन हुनु आँखा उपचार सेवाका लागि चुनौति भएको बताए । उनले भने, ‘ हामीले आँखा उपचारमै उदाहरणिय काम गरेकाले नै भारत लगायत सार्क देशका नागरिक पनि उपचारका लागि नेपाल आउछन् । तर अझै पनि १ लाख २० हजार जनामा अन्धोपन छ । उनीहरुलाई सेवा दिनु अहिलेको चुनौति हो । ’ नेपाल नेत्र ज्योति संघले २२ वटा आँखा अस्पताल, १२८ वटा आँखा उपचार केन्द्र र ४२ जिल्लाका जिल्ला आँखा उपचार साखा मार्फत बर्षेनी ३० लाख भन्दा बढीलाई आँखा सेवा उपलब्ध गराईरहेको डा. पन्तले जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेस मिश्रले वडा स्तरमा स्थापना गरिएका स्वास्थ्य केन्द्र मार्फत आधारभूत आँखा उपचार पनि उपलब्ध गराउन स्थानिय सरकारसँग सहकार्य गरेर संघ अगाडि बढेको बताए । नेपाल सरकारको विद्यमान दरबन्दीका स्वास्थ्यकर्मीलाई नै आँखा उपचार सम्बन्धी तालिम र साधन श्रोत उपलब्ध गराउनका सहयोग गरेर वडास्तरमै सेवा उपलब्ध गराउने काम भइरहेको डा. मिश्रले जानकारी दिए । नेत्र ज्योति संघले बर्षमा कम्तिमा २ हजार भन्दा बढी आँखा सिविर मार्फत पनि हजारौको आँखाको ज्योति प्रदान गरिरहेको तथ्यांक प्रस्तुत गर्दै संघले उपचारका साथै अन्धोपन भएका व्यक्तिहरुका लागि समाजमा पुनस्र्थापनाका कार्यक्रम पनि अगाडि बढाएको डा. मिश्रले बताए ।

नेपाल नेत्र ज्योति संघका पूर्व अध्यक्ष प्रा. डा. रामप्रसाद पोखरेलले सरकारले स्कुल भर्ना हुनु भन्दा पहिले नै बच्चाको आँखा जाच गर्ने कार्यक्रम अनिवार्यताका साथ लागु गर्न आग्रह गरे ।

नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले पैसा र पहूच नभएर कुनै पनि नेपालीले आँखाको उपचारबाट बन्चित हुनु नपरोस भनेर संघले काम गरिरहेको बताए । कार्यक्रममा नेत्र ज्योति अक्षय कोषको घोषणा गरिएको थियो । एक अर्व रुपैया पुर्याइने लक्ष्य सहित स्थापना भएको कोषमा सबभन्दा पहिले ५ हजार ५ रुपैयाको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष डा. पन्तले सुभारम्भ गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article  आँखाको हेरचाह सम्बन्धी बिषयमा विद्यावारिधी गरेका डा. मिश्र सम्मानित
Next article महानिर्देशक मतिनालाई फ्यानक्यानको बधाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web