• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएचआरसीले दियो स्वास्थ्य पत्रकारलाई रिसर्च कम्युनिकेशन सम्बन्धी तालीम

July 3rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएचआरसीले दियो स्वास्थ्य पत्रकारलाई रिसर्च कम्युनिकेशन सम्बन्धी तालीम

हेल्थ टुडे,
काठमाडौँ, १८ असार  : नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले स्वास्थ्य पत्रकारहरुका लागि एक दिन रिसर्च कम्युनिकेशन सम्वन्धि तालिम सम्पन्न गरेको छ । ‘ट्रेनिङ वर्कसप अन रिसर्च कम्युनिकेशन ः रोल अफ मिडिया’ नामक उक्त तालिम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा ४० जना स्वास्थ्य पत्रकार सहभागी थिए ।
तालिममा एनएचआरसीका कार्यकारी डा. प्रदीप ज्ञवाली, हेल्थ कन्सर्न नेपालका प्रमुख डा सुवास प्याकुरेल, एनएचआरसीका पूर्व सदस्य सचिव डा. खेम कार्की, अनुसन्धानविद् डा. मेघनाथ धिमाल र कान्तिपुरका सम्पादक उमेश चौहानले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य अनुसन्धानको प्रवद्र्धनमा मिडियाको भूमिको बारेमा प्रस्तुति दिएका थिए ।

बैज्ञानिक खोजमा आधारित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा डा कार्की, यस्तै वैज्ञानिक लेखन र सञ्चारको विषयमा परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रmममा डा ज्ञवालीले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्राय र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा कसरी कलम चलाउने भन्ने विषयमा सहज होस भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको बताए । उनले आफूहरु गुणस्तरीय अनुसन्धान होस भन्ने चाहेको भन्दै त्यसका लागि राज्यले बजेट बढाउनु पर्ने बताए ।

स्वास्थ्य बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्छ तर यहाँ त एउटा एमआरआई मेसिन किन्ने जति पनि बजेट पाउदैन रिसर्चले उनले भने । उनले अनुसन्धानका लागि स्वास्थ्यको करीब ०.५ प्रतिशत बजेट छुट्याइएको जानकारी दिए ।    डा धिमाललले अहिले पनि परिषद्ले स्वास्थ्यका विषयमा धेरै नै अनुसन्धान गरिरहेको भन्दै त्यसका नतिजालाई मौलिक (नेपाली) भाषामा कसरी प्रस्तुति गर्ने भन्ने चुनौती रहेको बताए । उनले साधारण भाषामा जनतालाई सुसूचित गर्ने गरी खोजबाट आएका निस्कर्षहरुलाई प्रस्तुति गर्नुपर्ने बताए ।

डा प्याकुरेलले स्वास्थ्य अनुसन्धानको प्रवर्धन गर्न संचार माध्यमको भूमिका एकदमै महत्वपूर्ण रहेको भन्दै यसमा लगानी बढाउनुपर्ने बताए । उनले परिषद र पत्रकारबीच सहकार्य हुनुपर्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीमा खापुङ र राज्यमन्त्रीमा केसी नियुक्त, सफथ भोली हुने
Next article स्वास्थ्य मन्त्री खाप्ङले राज्यमन्त्रीलाई पनि दिए केही जिम्मेवारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131505
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web