• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोश्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन कार्तिक २६ र २७ काठमाडौंमा हुने

October 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोश्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन कार्तिक २६ र २७ काठमाडौंमा हुने

हेल्थ टुडे,
काठमाडौं, १ कार्तिक : दोश्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन यही कार्तिक २६ र २७ गते काठमाडौंमा हुने हुने भएको छ । अंग प्रत्यारोपण समाज नेपाल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको संयुक्त आयोजनामा काठमाडौंको एभरेष्ट होटेलमा सम्मेलन आयोजना हुने छ । सम्मेलनको नारा ‘विकासोन्मुख विश्वका लागि मृतक अंगदाताबाट प्रत्यारोपण ’ रहेको छ ।
सम्मेलनमा अमेरिका, बेलायत, स्पेन, जापान, सिंगापुर र भारत लगायत देशका अंग प्रत्यारोपण विज्ञहरु सहभागी हुने आयोजक अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न आयोजकले विभिन्न समिति बनाएको छ । अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सम्मेलन आयोजक कमिटि गठन गरिएको छ भने वरिष्ठ सर्जन प्रा. डा. राकेश बर्माको अध्यक्षतामा बैज्ञानिक समिति गठन गरिएको छ । त्यसैगरि मिर्गौला रोग बिज्ञ डा.कल्पना श्रेष्ठको अध्यक्षतामा आथित्य सत्कार समिति, डा. लुसन सिंहको संयोजकत्वमा प्रकाशन समिति, डा. किरणजंग कुवरलाई सम्मेलन आयोजक कमिटिको सचिवको जिम्मेवारी दिइएको छ भने डा. दिपेश श्रेष्ठलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । सम्मेलनमा अंग प्रत्यारोपण सम्बन्धी दर्जनौ अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत हुने छन् । प्रस्तुत गरिने कार्यपत्र र अनुभव आदान प्रदानले अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ ज्ञान र सिपको विकाश हुने अपेक्षा गरिएको आयोजक कमिटि अध्यक्ष डा. श्रेष्ठले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधेस प्रदेशमा चार लाख बढीले गराए स्वास्थ्य बीमा
Next article डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131912
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web