• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने

December 6th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने

हेल्थ टुडे,
काठमाडौं, २० मंसिर : अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारापण सेवा सुरुवात हुने भएको छ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दको अगुवाइमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ हुने छ । बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको उपस्थितिमा मंसिर २० गते शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालबिच आर्थिक वर्ष २०७९÷८० भित्रे प्रत्यारोपण सेवा प्रारम्भ गर्न सम्झौता भएको छ ।
सम्झौतापत्रमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालका अधिकारीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बाग्मती प्रदेशका मुख्य मन्त्री पाण्डे र नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशीको पनि उपस्थिति थियो । केन्द्रले देशका सात वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा र डायलासिस सेवा बिस्तार गर्ने योजना अनुसार गण्डकी प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ भने कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि एक वर्षभित्र प्रत्यारोपण सेवा प्रारम्भ गर्ने गरि सम्झौता गरेर काम अगाडि बढाएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि यो वर्ष महत्वपूर्ण हुने बताउदै सबैको सहयोगमा केन्द्रको योजना सफल हुने विश्वास व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड
Next article आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web