हेल्थ टुडे,
काठमाडौं, २४ माघ : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघमा डा.अनिलबिक्रम कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक प्यानल बिजयी भएको छ । संघको अध्यक्षमा डा. कार्कीले ३ हजार ५ सय ३७ मत पाएर बिजयी भएका छन भने प्रतिस्पर्धी प्रगतिशिल प्यानलका डा. सन्तोष पौडेलले २ हजार २ सय २३ मत ल्याएका छन् । त्यसैगरि स्वतन्त्र उम्मेदवार डा. शिवजी सिलवालले २ सय ९० मत ल्याएका छन् । निर्वाचनमा ६ हजार २ सय ९२ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि उपाध्यक्षहरु क्रमश प्रदेश नम्बर १ संयोजकमा डा. बिपेश आचार्य, लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश संयोजकमा डा. केशरबहादुर ढकाल, मधेश प्रदेश संयोजकमा डा. निरजकुमार सिहं, बाग्मती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट बिजयी भएका छन् ।
संघको महासचिवमा डा. सञ्जिव तिवारी बिजयी भएका छन् । कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल निर्विरोध निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा डा. अमित रन्जन मिश्र, डा. किशोर खत्री, डा. मनोर दिन सैयद, डा. सिर्जना बिष्ट, डा. तेज्सु सिंह मल्ल र डा. योभेन कुमार यादव बिजयी भएका छन ।
नयाँ नेतृत्वका लागि चिकित्सकहरु भिन्न प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका थिए । उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचन सम्पन्न भएको थियो । कार्यसमितिको कार्यकाल ३ वर्ष हुन्छ । संघमा देशभरिका १२ हजार भन्दा चिकित्सक सदस्य छन् ।
चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818







Leave a Reply