• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

February 7th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

हेल्थ टुडे,
काठमाडौं, २४ माघ : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघमा डा.अनिलबिक्रम कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक प्यानल बिजयी भएको छ । संघको अध्यक्षमा डा. कार्कीले ३ हजार ५ सय ३७ मत पाएर बिजयी भएका छन भने प्रतिस्पर्धी प्रगतिशिल प्यानलका डा. सन्तोष पौडेलले २ हजार २ सय २३ मत ल्याएका छन् । त्यसैगरि स्वतन्त्र उम्मेदवार डा. शिवजी सिलवालले २ सय ९० मत ल्याएका छन् । निर्वाचनमा ६ हजार २ सय ९२ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि उपाध्यक्षहरु क्रमश प्रदेश नम्बर १ संयोजकमा डा. बिपेश आचार्य, लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश संयोजकमा डा. केशरबहादुर ढकाल, मधेश प्रदेश संयोजकमा डा. निरजकुमार सिहं, बाग्मती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट बिजयी भएका छन् ।
संघको महासचिवमा डा. सञ्जिव तिवारी बिजयी भएका छन् । कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल निर्विरोध निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा डा. अमित रन्जन मिश्र, डा. किशोर खत्री, डा. मनोर दिन सैयद, डा. सिर्जना बिष्ट, डा. तेज्सु सिंह मल्ल र डा. योभेन कुमार यादव बिजयी भएका छन ।
नयाँ नेतृत्वका लागि चिकित्सकहरु भिन्न प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका थिए । उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचन सम्पन्न भएको थियो । कार्यसमितिको कार्यकाल ३ वर्ष हुन्छ । संघमा देशभरिका १२ हजार भन्दा चिकित्सक सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह
Next article स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web