• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४२ दिनमा निवर्तमान स्वास्थ्यमन्त्रीको एउटै काम ‘वीर अस्पतालको निर्देशक हटाएर आफू निकटलाई नियुक्ति’

February 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४२ दिनमा  निवर्तमान स्वास्थ्यमन्त्रीको एउटै काम ‘वीर अस्पतालको निर्देशक हटाएर आफू निकटलाई नियुक्ति’

हेल्थ टुडे,
काठमाडौं, १६ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट हटैकै दिन अर्थात् फागुन १५ गते स्वास्थ्य सेवा दिवसको कार्यक्रममा सभागृहमा निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वास्थ्यका अधिकारीहरूको अघिल्तिर मञ्चमा उभिएर गफ दिइरहेका थिए, ‘मैले मन्त्री भएपछि कुनै पनि कर्मचारीको सरुवामा रुचि देखाइन । चेसको गोटी चलाए झै काम गरिरहेका कर्मचारी हटाएर नयाँ ल्याउँदैमा कुनै परिवर्तन हँुदैन ।’ उनको भाषण सुनेर स्वास्थ्यका अधिकारी हाँसी रहेका थिए । उनकै अगाडि बसिरहेका थिए वीर अस्पतालका पूर्वप्रमुख कार्यकारी एवं निर्देशक डा. भूपेन्द्र बस्नेत । उनै डा. बस्नेतलाई बिना कारण दुई हप्ता अगाडि हटाएर आफू निकट डा.सन्तोष पौडेललाई निर्वतमान स्वास्थ्यमन्त्री गिरीले नियुक्त गरेका थिए । वीर अस्पतालको गहन ढंगले समस्या बुझेका र समाधानका लागि तल्लीन डा. बस्नेतलाई हटाएर गिरीले गत महिनामात्र नेपाल चिकित्सक संघको निर्वाचनमा एमाले निकट प्रगतिशील समूहबाट अध्यक्षमा चुनाव लडेर हारेका डा. पौडेललाई नियुक्त गरेका थिए ।
वीरमा राम्रो काम गरिरहेकाले डा. बस्नेतलाई हटाउने पक्षमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. डीएन शाह थिएनन् । किनकी वीरलाई राम्रोसँग बुझेका डा. बस्नेत जत्तिको अर्को चिकित्सक छैन् भन्ने यनलाई थाहा थियो । तर निवर्तमान मन्त्री गिरीले डा. बस्नेतलाई हटाउन सिफारिस नगरे तपाईंलाई पनि हटाउने अवस्था आउन सक्ने भन्दै उपकुलपति डा. शाहलाई धम्क्याए पछि उपकुलपतिले सिफारिस गरेका थिए । डा. बस्नेत सञ्चो नभएर घर बिदामा बसिरहेको बेला छापामार शैलीमा वीरको निर्देशक र प्रमुख कार्यकारीबाट डा. बस्नेतलाई हटाएपछि डा. पौडेललाई निर्देशक नियुक्त गरेका हुन् । यसअघि ट्रमा सेन्टरको निर्देशक हुँदा विवादमा परेका डा. पौडेललाई अहिले गिरीले नै घुमाउरो पारामा प्रमुख कार्यकारीको समेत जिम्मेवारी सम्हाल्ने गरी तोकेका छन् । जवकि वीरको कार्यकारी हुन डा. पौडेलको योग्यताले मिल्दैन । उनलाई अहिले प्रमुख कार्यकारीको जिम्मेवारी समेत हेर्ने गरी कार्यभार तोकिएको छ । प्रमुख कार्यकारीका लागि १२औं तहको चिकित्सक हुनुपर्छ । तर डा. पौडेल दसौं तहका सहप्राध्यापक मात्र हुन् । नियम विपरीत प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको भन्दै वीरका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीले विरोध जनाएका छन् ।
वीर अस्पतालका एक वरिष्ठ कन्सल्टेन्ट भन्छन्, ‘निवर्तमान स्वास्थ्य मन्त्री गिरीले ४२ दिनमा गरेको एउटै काम हो, वीरमा नियमविपरीत निर्देशक नियक्त गर्नु । उहाँले केही पनि गर्न सक्नु भएन । ’
स्वास्थ्य सेवा दिवसको दिन उनले आधा घण्टाभन्दा बढी समय स्वास्थ्य प्रणाली सुधारका लागि गफ दिए । दर्शक दीर्घामा रहेका स्वास्थ्य मन्त्रालयका अधिकारीले मनोरञ्जन लिए । स्वास्थ्य बिमा कार्यक्रम अब एक लाखबाट बढाएर पाँच लाखको बनाउनेसम्मका गफ सुने पछि स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने, ‘बिमा गरेबापत एक लाखको भुक्तानी त गर्न सकिरहेको अवस्था छैन । यिनका गफ कस्ले पत्याउँछ अब । ’
नभन्दै गफ दिएर बाहिर निस्कन नपाउँदै एमालेले सरकारबाट हट्ने निर्णय गरिसकेको थियो । उनी निन्याउरो अनुहार लगाउँदै मन्त्रालयतिर हानिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फेनकेन र एनएमएबिच संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी
Next article पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133279
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web