• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी

March 13th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी

हेल्थ टुडे,

काठमाडौँ, फागुन २९ : विज्ञापन बोर्डले सर्वोच्च अदालतको आदेश विपरित मदिराको विज्ञापन प्रकाशन प्रशारण गर्ने सञ्चार माध्यमलाई जनस्वास्थ्य ऐन २०७५ र विज्ञापन ऐन २०७६ अनुसार कारवाही हुने चेतावनी दिएको छ । बोर्डले मदिराको विज्ञाजन दिने विज्ञापनदाता र विज्ञापन ऐजेन्सीलाई समेत मदिराको विज्ञापन प्रकाशन प्रशारण गरे कारवाही गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।
यसका साथै विज्ञापन बोर्ड सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ।
बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले आइतवार एक प्रेस विज्ञप्ति निकालेर कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन निर्देशन दिएका हुन्।
गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको पनि उल्लेख गरेका छन्।
’सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, बोर्डले भनेको छ, ’उक्त विषयमा विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाटसमेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाएको छ। ’त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरिन्छ’, बोर्डले भनेको छ।

सर्वोच्च अदालतको आदेश बमोजिम विज्ञापन बोर्डले मदिराको विज्ञापन प्रकाशन भए नभएको अनुगमन गरिरहेको जनाउँदै गौतमले कोही कसैबाट त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन ( नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ र प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया
Next article कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ : पाण्डे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133679
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

125
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web