• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी

March 13th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी

हेल्थ टुडे,

काठमाडौँ, फागुन २९ : विज्ञापन बोर्डले सर्वोच्च अदालतको आदेश विपरित मदिराको विज्ञापन प्रकाशन प्रशारण गर्ने सञ्चार माध्यमलाई जनस्वास्थ्य ऐन २०७५ र विज्ञापन ऐन २०७६ अनुसार कारवाही हुने चेतावनी दिएको छ । बोर्डले मदिराको विज्ञाजन दिने विज्ञापनदाता र विज्ञापन ऐजेन्सीलाई समेत मदिराको विज्ञापन प्रकाशन प्रशारण गरे कारवाही गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।
यसका साथै विज्ञापन बोर्ड सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ।
बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले आइतवार एक प्रेस विज्ञप्ति निकालेर कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन निर्देशन दिएका हुन्।
गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको पनि उल्लेख गरेका छन्।
’सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, बोर्डले भनेको छ, ’उक्त विषयमा विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाटसमेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाएको छ। ’त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरिन्छ’, बोर्डले भनेको छ।

सर्वोच्च अदालतको आदेश बमोजिम विज्ञापन बोर्डले मदिराको विज्ञापन प्रकाशन भए नभएको अनुगमन गरिरहेको जनाउँदै गौतमले कोही कसैबाट त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन ( नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ र प्रचलित कानुन बमोजिम कारवाही हुने पनि जनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ : पाण्डे
Next article एक जना क्यान्सर विरामीको उपचारमा सरदर खर्च ९ लाख ८१ हजार रुपैया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web