• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ : पाण्डे

March 11th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोग सम्बन्धी विभेदकारी कानून संसदले चाडै हटाइने छ  : पाण्डे

हेल्थ टुडे,
काठमाडौं, २७ फागुन : नेपाली कांग्रेसका सह–महामन्त्री एवं सांसद बद्री पाण्डेले कुष्ठरोग सम्बन्धी विद्यमान विभेदकारी कानून संसदले चाडै हटाइने बताएका छन् । २५ औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शनिबार एशोसिएसन फर आईडिया नेपालले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा सह–महामन्त्री पाण्डेले देवानी संहितामा कुष्ठरोग सम्बन्धी केही कानूनी व्यवस्था संविधानको मर्म बिपरित रहेकोले तिनलाई चाडै संसोधन गरेर हटाइने बताएका हुन । कुनै महिला वा पुरुषलाई विवाह गरेपछि कुष्ठरोग लागेमा उसले सम्बन्ध विच्छेद गर्न पाउने विद्यमान कानूनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उक्त कानूनी व्यवस्था हटाउनु पर्ने माग सरोकारवालाले गर्दै आइरहेका छन् । पाण्डेले कुनै पनि व्यक्तिलाई कुनै पनि बहानामा विभेद गर्न नपाइने संबैधानिक व्यवस्था विपरित भएका अन्य कानून परिमार्जन गर्न संसदमा आफू पनि लाग्ने र अरु सांसदहरुलाई सहमत गराउने दावी गरे । उनले भने, ‘ कुष्ठरोग सम्बन्धी विद्यमान विभेदकारी कानून फाल्ने छौ । यसमा ढुक्क भए हुन्छ । ’ उनले आत्मसम्मान दिवसलाई संयुक्त राष्ट्रसंघ र राज्यले समेत आधिकारिक रुपमा दिवसका रुपमा मनाउनु पर्ने आवश्यकता औल्याए ।
ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले कुष्ठरोग स्वास्थ्यको समस्या मात्र नभएर समाजिक समस्या पनि भएकोले राज्यले विभेदकारी कानून हटाउनु पर्ने आवश्यकता रहेको बताए । उनले अहिले पनि कुष्ठरोगी प्रति विभेदकारी कानून विद्यमान रहेकाले संसदले त्यस्ता कानून परिमार्जन गर्नु पर्नेमा जोड दिए ।
आईडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुनै पनि व्यक्तिले विना भेदभाव समाजमा जिवनयापन गर्न पाउनु पर्नेमा जोड दिदै राज्यले विभेदकारी कानून हटाउनु पर्ने बताए ।
कार्यक्रममा कुष्ठरोगको उपचार र प्रभावितको हक अधिकारका क्षेत्रका उल्लेखनिय कार्य गरेकोमा वरिष्ठ छाला रोग विज्ञ डा. रविन्द्र बास्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तिमगर, श्रीलंकाका रे, भारतका रामवराही शाह लगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रम एशोसिएसन फर आईडिया नेपालका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको थियो ।
यसअघि बसुन्धराबाट निस्केको र्यालीले आत्मसम्मान पूर्वक बाच्न पाउनु पर्ने नारा सहितका प्लेकार्ड बोकेर सभाहलमा परिणत भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिराको विज्ञापन प्रकाशन, प्रशारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने बोर्डको चेतावनी
Next article पहिलो पटक मस्तिष्क मृत्युभएको व्यक्तिको मिर्गौला र कलेजो तीन जनामा प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

150
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web