• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

March 27th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

हेल्थ टुडे,
काठमाडौं, १३ चैत : नेपाल नेत्रज्योति संघले गत वर्ष सन् २०२२ मा नेत्रज्योति संघले ३० लाख ७ हजारको आँखा जाँच र २ लाख ७२ हजारको आँखाको सफल शल्यक्रिया गरेको जनाएको छ । नेपाल नेत्रज्योति संघको ४५ औं दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना कार्यक्रममा संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेत्रज्योति संघले देशभरिका २७ आँखा अस्पताल र १५० आँखा उपचार केन्द्र मार्फत सन् २०२२ मा ३० लाख ७ हजार जनाको आँखा जाँच र उपचारका साथै २ लाख ७२ हजार जनाको आँखाको शल्यक्रिया गरिएको डा. पन्तले बताए । डा. पन्तले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत देश भरिका १० लाख भन्दा बढी बालबालिकाको आँखा जाँचसँगै आवश्यकता अनुसार निशुल्क चस्मा वितरण गरिएको बताए ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले नेपालमा सन् १९८१ मा १०० जनामध्ये १ जनामा दृष्टिविहिनताको अवस्था रहेकोमा सन् २०२० मा त्यो घटेर ३५८ जना बरावर १ जनामा ल्याउन सफल हुनुमा संघको अहं भूमिका रहेको बताए । कार्यक्रममा नेत्रज्योति संघ मार्फत आँखा उपचार सेवामा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेस मिश्रले स.घले सन् २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर सम्पूर्ण नेपालीलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ग गराउदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यमा रुपमा विकास गर्ने लक्ष्यमा साथ काम भइरहेको बताए ।
नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिनुहुने चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मनित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्यातिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा.बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।
त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँख स्वास्थ्य कार्यकर्ता श्री गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु
Next article भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान वैशाख पहिलो सातादेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web